रातो खबरद्वारा दोस्रो दिनको आधारभूत सञ्चार तालिम सुरु

काठमाडौंः रातो खबर प्रकाशनगृहको आयोजनामा तीनदिने आधारभूत सञ्चार तालिमको दोस्रो दिनको कार्यक्रम काठमाडौंमा आइतबार सुरु भएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’को प्रमुख आतिथ्यमा दोस्रो दिनको कार्यक्रम सुरु भएको हो । गृहका निर्देशक अनिल शर्माले संयोजन गर्नु भएको कार्यक्रममा वरिष्ठ प्रशिक्षक शिव गाउँलेले ‘खोज पत्रकारिता’ विषयमा प्रशिक्षार्थीहरुलाई आधारभूत तालिम दिनुभयो । 

उक्त कार्यक्रममा दोस्रो प्रशिक्षकका रुपमा वरिष्ठ पत्रकार तीर्थ कोइराला ‘खोज पत्रकारिता र पत्रकारिताका आयाम’ विषयमा प्रशिक्षण दिइरहनुभएको छ ।

२०७४ कात्तिक १२ गते दिउसो १ :०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :