बाम कि लुटेराहरुको गठबन्धन – धर्मेन्द्र बास्तोला ‘कञ्चन’

नेपाली क्रान्तिको विषयमा विश्वभरी विभिन्न प्रश्नहरु उठेका छन् । हामीले ती प्रश्नहरुको जवाफ दिनुपर्छ । सोभियत संघमा भन्दा १२५ वर्ष अघि पेरिसमा क्रान्ति भएको थियो । सोभियत क्रान्तिले अमेरिका, बेलायत, फ्रान्सभन्दा अगाडि महिलालाई मतदानसहितको अधिकार दियो । त्यसपछि मात्र फ्रान्स, जर्मनी, निदरल्याण्ड हुँदै त्यसलाई लागु गरे । समाजवादले बहुध्रुवमा विश्वलाई ल्याएर शक्ति सन्तुलन कायम ग¥यो ।

अक्टोबर क्रान्ति लगत्तै रुसी जनता ऋणमुक्त भएको घोषणा गरिएको थियो । भारतभन्दा दुई वर्षपछि क्रान्ति भएको चीनलाई समाजवादले कहाँ पुर्‍यायो, हामी हेर्न सक्छौं । भारतमा नेपालको जनसंख्याभन्दा धेरै मान्छे माग्ने र रेल विसौनीमा जीवन विताउँछन् । करोडौं मान्छे सुकुमबासी छन् । हरेक वर्ष १ सय जना किसानहरु ऋण तिर्न नसकेर आत्महत्या गर्छन् ।

युरोप र अमेरिकामा हिंसा, तनाव, विद्रोह छ । जसका कारण त्यहाँ समाजवादको माग बढ्दैछ । चीनमा सिजिङपिङले समाजवादको झण्डा नझुकाउने प्रतिवद्धता गरेका छन् । समाजवादको बढ्दो माग विश्वभरिका जनताले गरिरहेका छन् । त्यसकारण साम्राज्यवादीहरु युद्ध भड्काउन खोज्दैछन् । विश्वयुद्धले आफ्नै विनास गर्छ भन्ने पनि उनीहरुलाई थाहा छ । अमेरिकासँग २० हजार भन्दा बढि आणविक अस्त्र छ । त्यसलाई प्रयोग गर्ने स्थानको खोजिमा अमेरिका छ । अणुबम प्रयोग गरेर अमेरिका आफ्नो संकट टार्न चाहन्छ । माओले ‘विश्वयुद्धले क्रान्ति वा क्रान्तिले विश्वयुद्ध ल्याउनेछ’ भन्नु भएको थियो । आज पनि विश्वको मूल चरित्र क्रान्ति हो । पश्चगमन र यथास्थिति आजको यथार्थ होइन ।

एमाले–माके गठबन्धन बाम नभएर सत्ताधारी लुटेरा गठबन्धन हो । लेनिनले ‘वर्ग संघर्षको मान्यतालाई सर्वहारा वर्गको अधिनायकत्वसँग जोड्नुपर्छ’ भन्नुभएको थियो । त्यसो नगर्नेहरु संशोधनवादी हुन्छन् । यो नवसंशोधनवादीहरुको गठबन्धन हो । (अक्टोबर क्रान्ति शतवार्षिकी समारोह कात्तिक ८ गते व्यक्त विचारको संक्षिप्तीकरण)

२०७४ कात्तिक १२ गते विहान १०ः५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :