सम्पर्क मञ्चका केन्द्रीय सचिव श्रेष्ठसहित ३ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका सचिव पूर्ण श्रेष्ठसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । आज (शनिबार) दिउसो २ बजे रत्नपार्कमा भित्तेलेखन गरिरहेको अवस्थामा उहाँहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । अन्य गिरफ्तार पर्नेहरुमा बर्दिया–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चका संयोजक टिकाराम चौधरी र मेलन रहेको मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले बताउनुभएको छ । अध्यक्ष मगरले आफ्ना कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरेकोप्रति निन्दा गर्नुभएको छ ।

सम्पर्क मञ्चले रत्नपार्कमा भित्तेलेखनको तस्विर

२०७४ कात्तिक ११ गते बेलुका ९ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :