आधारभूत सञ्चार तालिम सुरु

काठमाडौं : रातो खबर प्रकाशन गृहको आयोजनामा काठमाडौंमा तीन दिने आधारभूत सञ्चार तालिम शनिबार देखि सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’कोे प्रमुख आतिथ्यमा आरम्भ भएको तालिममा पहिलो प्रशिक्षकका रुपमा युवा पत्रकार उजिर मगरले प्रशिक्षण दिइरहनु भएको छ ।

कार्यक्रम संयोजन गृहका निर्देशक अनिल शर्माले गर्नु भएको छ । तालिममा विभिन्न जिल्लाका २५ जना संवाददाता र प्रकाशन गृहका सदस्यहरुको सहभागिता रहेको छ ।

२०७४ कात्तिक ११ गते १२ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :