प्रचण्ड र बाबुराम उडुस हुन्– सुदर्शन

अक्टोबर २५ अर्थात् कात्तिक ८ गते दश दिनको विद्रोहमा रुसी जनताले सत्ता कब्जा गरेको दिन हो । आज हामी एकातिर महान लेनिन सम्झन्छौं र अर्कोतिर नेपाली क्रान्तिका गद्दारहरु सम्झन्छौं । त्यसपछि अघि बढ्ने प्रतिवद्धता गर्दछौं । नेपालमा जस्तै रुसमा पनि संविधान सभा गठन भयो । तर त्यसले जनताको पक्षमा काम गर्न सकेन । त्यसपछि बोल्सेभिक पार्टीले सम्पूर्ण सत्ता सोभियतमा नारा दिएको थियो । नेपालमा संसदीय सत्तामै फर्कने काम भयो ।

प्रचण्डहरुले सिंहदरबारलाई गाउँमा लग्ने भनेका छन् । सिंहदरबार हिंसा, भ्रष्टचार, राष्ट्रघात र अपराधको केन्द्र हो । सिंहदरबारलाई गाउँमा लग्ने भनेको गाउँलाई अपराधीको केन्द्र बनाउने भनेको हो । त्यसैले एमाले–माके गठबन्धन बाम गठबन्धन नभएर नवप्रतिकृयावादी गठबन्धन हो ।

आज नेपालमा निगम पुँजीवादका प्रतिनिधिहरुको सत्ता छ । निगम पुँजीवाद भनेको ‘एकाधीकार र अनुत्पादक लगानी’ हो । अमेरिकीहरु हिलारी क्लिन्टनलाई राष्ट्रप्रमुख बनाउन चाहन्थे । निगम पुँजीवादले जग्गा दलाल ट्रम्पलाई ल्यायो । नेपालको स्थानीय तहको चुनावमा ७५ प्रतिशत ठेकेदार व्यवसायीहरुले चुनाव जितेका छन् र राजनीतिक अनुहारले पराजय भोगेका छन् । राज्य र केन्द्रमा त्यो प्रतिशत अझै बढ्नेछ ।

पुँजीवाद र हिटलर सहगोत्रीय दाजुभाई हुन् । हिजो स्टालिनको नाम सुन्दा हिटलर तर्सन्थ्यो । आज प्रचण्ड र बाबुराम तर्सन्छन् । पुँजीवादले फौज पठाएर गोली हान्थ्यो । निगम पुँजीवादले ओछ्यानमा उडुस पैदा गरेर रगत खान्छ । सिंहसँग लडेका कम्युनिस्टहरु उडुससँग लड्न पनि सक्नुपर्छ । प्रचण्ड र बाबुराम निगम पुँजीवादका उडुस हुन् । बेलायतको लेबर पार्टी कुनै बेला बामपन्थी दल थियो । अहिले प्रतिक्रियावादी दल भएको छ । एमाले–माके गठबन्धनको गन्तव्य पनि त्यही हो । (२०७४ कात्तिक ८ गते खुल्लामञ्चमा व्यक्त विचारको सम्पादित अंश)

२०७४ कात्तिक ११ गते विहान १०ः२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :