रातो खबर प्रकाशनगृहको आधारभूत तालिम जारी

काठमाडौंः रातो खबर प्रकाशन गृहको आयोजनामा काठमाडौंमा तीन दिने आधारभूत सञ्चार तालिम शनिबार देखि सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’कोे प्रमुख आतिथ्यमा आरम्भ भएको तालिममा पहिलो प्रशिक्षकका रुपमा युवा पत्रकार उजिर मगरले प्रशिक्षण दिनुभयो । उहाँले पत्रकारिता र रिपोर्टिङका समग्र पक्षहरुमाथि चर्चा गर्दै समाचार लेखनको तरिका र महत्व सिकाउनुभयो । दोस्रो प्रशिक्षकका रुपमा विनोद भट्टराईले अनलाइन मिडिया यसको भविष्य विषयमा प्रशिक्षण दिइरहनुभएको छ । तेस्रो प्रशिक्षकका रुपमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउने कार्यक्रममा सहभागी हुनुहुन्छ । कार्यक्रम संयोजन गृहका निर्देशक अनिल शर्माले गर्नु भएको छ ।

तालिममा विभिन्न जिल्लाका २५ जना संवाददाता र प्रकाशन गृहका सदस्यहरुको सहभागिता रहेको छ ।

२०७४ कात्तिक ११ गते १ ः ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :