नेपालको राष्ट्रियता रक्षा गर्न नेपाली नागरिक सधैं चनाखा छन् : वरिष्ठ पत्रकार घिमिरे / राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी जारी / अवधारणापत्रमाथि टिप्पणी हुँदै

काठमाडौंः वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राष्ट्रियताको रक्षाका लागि साना लगानीका सञ्चार माध्यम निरन्तर क्रियाशील हुनुपर्ने बताउनु भएको छ । नेपालको राष्ट्रियता रक्षा गर्न नेपाली नागरिक सधैं चनाखो रहेको र विगतमा देशभक्त राजादेखि पार्टी नेता र जनताको सजगताका कारण पनि नेपाल सिक्किम र भुटान जस्तो भारत अधीनस्थ नभएको धारणा उहाँले व्यक्त गर्नुभयो । अहिले वरिष्ठ पत्रकार युवराज घिमिरे अवधारणापत्रमाथि टिप्पणी गर्दै हुनुहुन्छ । रातोखबर प्रकाशन गृहको आयोजनमा काठमाडौंमा राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी जारी छ ।
कार्यक्रममा रातोखबरका निर्देशक अनिल शर्माले प्रस्तुत गर्नु भएको अवधारणापत्रमाथि परराष्ट्रमामिला विज्ञ हिरण्यलाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । उहाँले राष्ट्रियता, जनतन्त्र र रक्षाको लागि सञ्चार माध्यमले निरन्तर संघर्ष गरिरहँनु पर्ने बताउनु भयो । साम्राज्यवाद र विस्तारवादी अतिक्रमणको विरुद्ध जनपक्षीय सञ्चार माध्यम सधैं चनाखो रहनु पर्ने उहाँले बताउनु भयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बिग मिडियाहरु व्यापारीहरुले सञ्चालन गरेका कारण सर्वसाधारण जनताको आवाजको प्रतिनिधित्व हुन नसकेको बताउनुभयो । यसअघि प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्की टिप्पणी गर्नुभएको थियो । ‘राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस’ विषयक अवधारणापत्रमाथि क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले पनि टिप्पणी गरिसक्नुभएको छ ।
नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेकपाका सल्लाकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले, सदस्य लव प्रधान, नेकपाका केन्द्रीय सदस्य खुमा सुवेदी, कृष्ण अधिकारी र चिरन पुन उपस्थित हुनुहुन्छ ।


रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाईंको अध्यक्षतामा जारी गोष्ठीमा सहभागी अतिथिहरुलाई रातोखबर सम्पादक अशोक सुवेदीले स्वागत गर्नुभयोे । रातोखबर प्रकाशन गृहका सदस्य अम्विका चन्दले कार्यक्रम सञ्चालन गर्नु भएको छ ।

२०७४ कात्तिक १० गते दिउँसो १: ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!