राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचार गोष्ठी जारी / अवधारणापत्र प्रस्तुत हुँदै

काठमाडौंः रातोखबर प्रकाशन गृहको आयोजनामा काठमाडौंमा राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस विषयक विचार गोष्ठी सुरु भएको छ । कार्यक्रममा रातोखबरका निर्देशक अनिल शर्माले अवधारणापत्र प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा ‘राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस’ विषयक अवधारणापत्र माथि क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउने टिप्पणी गर्दै हुनुहुन्छ ।

अवधारणा पत्रमाथि टिप्पणी गर्न वरिष्ठ पत्रकार युवराज घिमिरे, परराष्ट्रमामिला विज्ञ हिरण्यलाल श्रेष्ठ, प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य कार्यक्रममा उपस्थित हुनुहुन्छ ।

नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेकपाका सल्लाकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले, सदस्य लव प्रधान, नेकपाका केन्द्रीय सदस्य खुमा सुवेदी, कृष्ण अधिकारी र चिरन पुन उपस्थित हुनुहुन्छ ।

रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाईंको अध्यक्षतामा जारी गोष्ठीमा सहभागी अतिथिहरुलाई रातोखबर सम्पादक अशोक सुवेदीले स्वागत गर्नुभयोे । रातोखबर प्रकाशन गृहका सदस्य अम्विका चन्दले कार्यक्रम सञ्चालन गर्नु भएको छ ।

२०७४ कात्तिक १० गते १२ :३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :