राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी जारी / अवधारणापत्रमाथि टिप्पणी हुँदै

काठमाडौंः रातोखबर प्रकाशन गृहको आयोजनमा काठमाडौं राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी जारी छ ।
कार्यक्रममा रातोखबरका निर्देशक अनिल शर्माले प्रस्तुत गर्नु भएको अवधारणापत्रमाथि प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्की टिप्पणी गर्दै हुनुहुन्छ । ‘राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस’ विषयक अवधारणापत्रमाथि क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले टिप्पणी गरिसक्नुभएको छ । अवधारणापत्रमाथि टिप्पणी गर्न वरिष्ठ पत्रकार युवराज घिमिरे, परराष्ट्रमामिला विज्ञ हिरण्यलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य कार्यक्रममा उपस्थित हुनुहुन्छ ।
नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेकपाका सल्लाकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले, सदस्य लव प्रधान, नेकपाका केन्द्रीय सदस्य खुमा सुवेदी, कृष्ण अधिकारी र चिरन पुन उपस्थित हुनुहुन्छ ।
रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाईंको अध्यक्षतामा जारी गोष्ठीमा सहभागी अतिथिहरुलाई रातोखबर सम्पादक अशोक सुवेदीले स्वागत गर्नुभयोे । रातोखबर प्रकाशन गृहका सदस्य अम्विका चन्दले कार्यक्रम सञ्चालन गर्नु भएको छ ।

 

२०७४ कात्तिक १० गते १२ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :