रातो खबरको गोष्ठी

काठमाडौंः रातो खबर प्रकाशन गृहले शुक्रबार (१० गते) काठमाडौं, बागबजार स्थित हार्दिक होटलमा बिहान ११ बजे ‘राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्च्न’ प्रमुख अतिथि रहने गोष्ठीमा रातो खबरका निर्देशक अनिल शर्माले प्रस्तुत गर्ने अवधारणापत्र माथि वरिष्ठ पत्रकार युवराज घिमिरे, परराष्ट्र विज्ञ हिरण्यलाल श्रेष्ठ, प्रेसकाउन्सिलका पूर्व बोर्णबहादुर कार्की, नेपाल पत्रकार संगठन, नेपालका अध्यक्ष गोविन्द आचार्य, क्रान्तिकारी पत्रकार संगठन , नेपालका अध्यक्ष प्रभात चलाउनेलगायतले ठिप्पणी गर्ने कार्यक्रम रहेको छ । रातो खबरले कार्यक्रममा सहभागिताका लागि सबैलाई निमन्त्रणा गर्दछौं ।

२०७४ कात्तिक ९ गते साँझ ६ :२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :