महासचिव विप्लवद्वारा जनतालाई विद्रोहमा उत्रन आह्वान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गर्नु भएको छ । नेकपाको आयोजनामा खुला मञ्चमा जारीे १००औं अक्टोबर क्रान्ति दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले दासको जीवन बाँच्नु भन्दा बलिदान गर्नु उचित भन्दै किसान, मजदुर, महिला, बुद्धिजीवी, प्रहरी र सेनालाई पनि दासता र दलाली बाट मुक्त हुन विद्रोहमा लाग्न आह्वान गर्नु भएको छ ।

महासचिव विप्लवले भन्नुभयो ‘ रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ । हामी बलिदान गरेर पनि नेपाल र नेपालीलाई मुक्त बनाउन तयार छौं ।’ नेपाललाई मुक्त गराउन दलाल व्यवस्थाबाट सम्भव नभएकाले यसको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु पर्ने महासचिव विप्लवले बताउनु भयो ।

यसअघि पार्टी स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले रुसी अक्टोबर क्रान्तिको महत्व अझै बढेको बताउनु भएको थियो । अक्टोबर क्रान्ति सम्पन् भएको भोलिपल्टै लेनिनले रुसी जनताको सबै ऋण मुक्त गरिदिएको स्मरण गराउँदै नेपालको दलाल वर्गलाई खरानी पारेर मात्र नेपाली जनतालाई मुक्त गर्न सकिने र त्यसका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्नु पर्ने बताउनु भएको थियो ।

यसअघि अर्का स्थायी सािति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सम्बोधन गर्दै जनतालाई धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुण्याउँनु पर्ने बताउनु भएको थियो । लेनिनले अक्टोबर क्रान्तिमा विजयहासिल गरिसकेपछि सम्पन्न संविधान सभामा प्रतिक्रियावादीहरुले कब्जा गरेपछि त्यसलाई विगठन गरि सोभियत सत्ता सञ्चालन गरेको उहाँले बताउनु भयो ।

यसअघि स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘विषम’ले दलाल संसदीय व्यवस्था अर्बपति/खर्बपतिको व्यवस्था रहेकाले यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताउनु भयो । पार्टी प्रवक्ता प्रकाण्डले सञ्चालन गर्नुभएको सभामा पार्टी पोलिट ब्युरो सदस्य उमा भुजेल शिलु, जनक्रान्तिका महान सहिद परिवार समाजकी अध्यक्ष खुमा सुवेदी ‘विश्वक्रान्ति’ले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा सामाना सांस्कृतिक परिवार र क्षितिज परिवारले जनवादी गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

२०७२ कात्तिक ८ गते अपरान्ह ४ :४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :