बस्नेत र केसीविरुद्ध विद्रोही उम्मेदवार

काठमाडौंः पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने ३२ जिल्लाको मनोनयनसँगै विद्रोही उम्मेदवार देखिएका छन् । विद्रोही तथा असन्तुष्ट उम्मेदवारका कारण अन्तरघात र पैसाको लेनदेन झनै बढ्ने देखिएको छ । जाजरकोटमा माके नेता शक्ति बस्नेतलाई एमाले–माके साझा उम्मेदवार बनाएपछि एमाले नेता गोविन्दबहादुर शाहले विद्रोही उम्मेदवारी दिएका छन् । त्यसको प्रतिक्रियास्वरूप प्रदेशसभाका दुवै सिटमा एमालेले विद्रोही उम्मेदवार उठाएको छ । केन्द्रमा माके र प्रदेशमा एमालेलाई छोड्ने गरी तालमेल गरिएको थियो । प्रदेशमा उम्मेदवार बन्न नपाएपछि एमाले नेता लालबहादुर केसीले भने मालेबाट उम्मेदवारी दिएका छन् । रामेछापमा प्रतिनिधिसभाका लागि एमाले–माके गठबन्धनका लागि माके उम्मेदवार श्यामकुमार श्रेष्ठका विरुद्ध माकेकै लक्ष्मी गुरुङ र मैनकुमार मोक्तानले उम्मेदवारी दिएकी छन् । उता नुवाकोटमा काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीका विरुद्ध बागी उम्मेदवार उठेका छन् । काङ्ग्रेस गठबन्धनमा पनि रामेछाप, रसुवा, गोरखालगायत जिल्लामा व्यापक असन्तुष्टि देखिएको छ ।
रातोखबर साप्ताहिकबाट

२०७४ कात्तिक ९ गते ८ :३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :