महासचिव विप्लव सम्बोधन गर्दै / १०० औं अक्टोबर क्रान्ति दिवस जारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा १००औं अक्टोबर क्रान्ति दिवस काठमाडौं स्थित खुला मञ्चमा जारीे छ । पार्टी महासचिव विप्लव सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
यसअघि पार्टी स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले रुसी अक्टोबर क्रान्तिको महत्व अझै बढेको बताउनु भएको थियो । अक्टोबर क्रान्ति सम्पन् भएको भोलिपल्टै लेनिनले रुसी जनताको सबै ऋण मुक्त गरिदिएको स्मरण गराउँदै नेपालको दलाल वर्गलाई खरानी पारेर मात्र नेपाली जनतालाई मुक्त गर्न सकिने र त्यसका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्नु पर्ने बताउनु भएको थियो । यसअघि अर्का स्थायी सािति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सम्बोधन गर्दै जनतालाई धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुण्याउँनु पर्ने बताउनु भएको थियो ।

लेनिनले अक्टोबर क्रान्तिमा विजयहासिल गरिसकेपछि सम्पन्न संविधान सभामा प्रतिक्रियावादीहरुले कब्जा गरेपछि त्यसलाई विगठन गरि सोभियत सत्ता सञ्चालन गरेको उहाँले बताउनु भयो । यसअघि स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘विषम’ले दलाल संसदीय व्यवस्था अर्बपति/खर्बपतिको व्यवस्था रहेकाले यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताउनु भयो ।

२०७२ कात्तिक ८ गते दिउँसो ३ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :