अक्टोबर क्रान्ति महत्व अझै बढिरहेको छ : कञ्चन / १०० औं अक्टोबर क्रान्ति दिवस जारी / स्थायी समिति सदस्य कञ्चन सम्बोधन गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा १००औं अक्टोबर क्रान्ति दिवस काठमाडौं स्थित खुला मञ्चमा जारीे छ । पार्टी महासचिव विप्लवको अध्यक्षतामा जारी कार्यक्रममा अहिले पार्टी स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले रुसी अक्टोबर क्रान्तिको महत्व अझै बढेको बताउनु भएको छ । अक्टोबर क्रान्ति सम्पन् भएको भोलिपल्टै लेनिनले रुसी जनताको सबै ऋण मुक्त गरिदिएको स्मरण गराउँदै नेपालको दलाल वर्गलाई खरानी पारेर मात्र नेपाली जनतालाई मुक्त गर्न सकिने र त्यसका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्नु पर्ने बताउनु भयो । यसअघि अर्का स्थायी सािति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सम्बोधन गर्दै जनतालाई धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुण्याउँनु पर्ने बताउनु भएको थियो । लेनिनले अक्टोबर क्रान्तिमा विजयहासिल गरिसकेपछि सम्पन्न संविधान सभामा प्रतिक्रियावादीहरुले कब्जा गरेपछि त्यसलाई विगठन गरि सोभियत सत्ता सञ्चालन गरेको उहाँले बताउनु भयो । यसअघि स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘विषम’ले दलाल संसदीय व्यवस्था अर्बपति÷खर्बपतिको व्यवस्था रहेकाले यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताउनु भयो ।
२०७२ कात्तिक ८ गते दिउँसो ३ २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :