१०० औं अक्टोबर क्रान्ति दिवस जारी / स्थायी समिति सदस्य सुदर्शनले सम्बोधन गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा १००औं अक्टोबर क्रान्ति दिवस काठमाडौं स्थित खुला मञ्चमा जारीे छ । पार्टी महासचिव विप्लवको अध्यक्षतामा जारी कार्यक्रममा अहिले पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सम्बोधन गरिरहँनु भएको छ । सुदर्शनले जनतालाई  धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुन्ड्याउनु पर्ने  बताउनु भयो । लेनिनले अक्टोबर क्रान्तिमा विजयहासिल गरिसकेपछि सम्पन्न संविधान सभामा प्रतिक्रियावादीहरुले कब्जा गरेपछि त्यसलाई विगठन गरि सोभियत सत्ता सञ्चालन गरेको उहाँले बताउनु भयो ।  यसअघि स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘विषम’ले दलाल संसदीय व्यवस्था अर्बपति/खर्बपतिको व्यवस्था रहेकाले यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताउनु भयो ।

२०७२ कात्तिक ८ गते दिउँसो २ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :