१०० औं अक्टोबर क्रान्ति दिवस सुरु / जनसरकार प्रमुखद्वारा सम्बोधन गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा १००औं अक्टोबर क्रान्ति दिवस काठमाडौं स्थित खुला मञ्चमा सुरु भएको छ । कार्यक्रमको अध्यक्षता पार्टी महासचिव विप्लवले गर्नुभएको छ । अहिले पार्टी स्थायी समिति सदस्य एवम् जनसरकार प्रमुख सन्तोष बुढामगरले सम्बोधन गरिरहँनु भएको छ । सन्तोष बुढाले जनयुद्धका नायक प्रचण्डले दुस्मन वर्गसँग लम्पसार परेर एमालेमा विलय भएपछि नेकपाले एकीकृत जनक्रान्ति आरम्भ गरेको बताउनु भयो । उहाँले दलाल संसदीय व्यवस्था अर्बपति÷खर्बपतिको व्यवस्था रहेकाले यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताउनु भयो ।

२०७२ कात्तिक ८ गते दिउँसो २ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :