अक्टोबर क्रान्ति उत्सव शुरु

काठमडौंः नेकपाको आयोजनामा अहिले भर्खरै काठमाडौंमा अक्टोबर क्रान्ति शतवार्षिकीको उपलक्ष्यमा झाँकीसहित जनप्रदर्शन शुरु भएको छ । लैनचौर, कालीमाटी, कुपण्डोल, बबरमहल लगायतबाट अहिले जाती, जनजातिका साँस्कृतिक झलकसहितको जुलुश सुन्धारातिर बढ्दै छन् । १ बजे सबै जुलुश सुन्धाराबाट टुँडिखेल (सहिदमञ्च) मा पुग्ने छन् । २ बजे टुँडिखेलको जनसभालाई नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

२०७४ कात्तिक ८ गते मध्यान्ह १२ः३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :