नेकपाका कार्यकर्ता गिरफ्तार

दाङः चुनाव बहिष्कारको नारा लेख्दै गरेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी दाङका ३ जना कार्यकर्ता मंगलबार गिरफ्तार भएका छन् । पक्राउ पर्नेहरुमा दाङ पार्टीका जिल्ला स्तरीय नेता विकास ओली र प्रविन थारु छन् । त्यसैगरी इलाका स्तरीय नेता आरती पनि रहेको प्राप्त समाचारमा जनाइएको छ । उनीहरु तिनैजनालाई दङ्गीशरण गाउँपालिका, होकुलीबाट पक्राउ गरिएको हो । उनीहरुलाई अपरान्ह २ बजे पक्राउ गरिएको हो ।

२०७४ कात्तिक ७ गते बेलुका ६ः५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :