भोली हुने जनसभाको अन्तिम तयारी यस्तो छ

काठमाडौंः नेकपा पोलिटव्यूरोको अपरान्ह २ बजे काठमाडौंमा बसेको बैठकले भोली हुने अक्टोबर क्रान्ति शतवार्षिकी समारोहको अन्तिम तयारी पुरा गरेको सो पार्टीका नेता हेमन्त प्रकाश ओलीले दिएका छन् । प्राप्त जानकारीअनुसार राजधानीका विभिन्न ६ स्थानबाट १२ बजे जुलुश निस्केर १ बजे सुन्धारा आइपुग्नेछन् । लैनचौरबाट निस्कने जुलृुशको नेतृत्व सल्लाहकार समितिका अध्यक्ष असारे काका, पीवीएम वीरजङ्ग, अर्का पीवीएम ओम पुनलगायतले गर्नेछन् । बबरमहलबाट निस्कने भक्तपुर, पूर्वी ताम्सालिङ जनकपुरबाट आउने जुलुशको नेतृत्व पीबीएम पदम राई, सल्लाहकार चित्रबहादुर आलेलगायतले गर्नेछन् । त्यसैगरी कुपण्डोलबाट आउने ललितपुरको जुलुशमा नेता सन्तोष बुढामगर रहनेछन् । त्यसैगरी कालीमाटीबाट निस्कने जुलुशको नेतृत्व पीवीएम उमा भुजेल र गम्भीरले गर्नेछन् । त्यसैगरी भृकुटी मण्डपबाट निस्कने गणतान्त्रिक सम्पर्क मञ्चको जुलुशको नेतृत्व भरत बम, मकरध्वज गुरुङ्ग, रत्न मगरलगायत नेताहरु र बागबजारबाट निस्कने जुलुशको नेतृत्व नेता जिवन्तले गर्नेछन् । सुन्धाराबाट १ बजे शुरु हुने जुलुश २ बजे टुंडिखेलमा पुगेर जनसभामा परिणत हुनेछ । सभालाई नेकपाका महासचिव विप्लवले सम्बोधन गर्नुहुनेछ ।

२०७४ कात्तिक ७ गते बेलुका ६ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :