चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु / विश्वको ध्यान बेइजिङतिर

काठमाडौंः चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशन ‘ग्रेट हल अफ द पिपुल’ मा शुरु भएको छ । अमेरिकाको गिर्दो अर्थतन्त्र र राष्ट्रपति ट्रम्पको विश्वका धेरै देशसँग बिग्रँदो सम्बन्धका कारण चीनको १९ औं महाधिवेशनलाई विश्वभरिबाट चासोका साथ हेरिएको छ । महाधिवेशनले राष्ट्रपति सि जीङ पिङलाई नै दोस्रो कार्यकालका लागि चुन्ने पक्कापक्की छ । उनलाई माओ त्सेतुङ पछिका शक्तिशाली चिनियाँ राष्ट्रपतिका रुपमा पनि हेर्न थालिएको छ । वर्षमा झण्डै २ लाखका दरले भ्रष्टाचार आरोपीलाई तह लगाउन सि जिङ पिङलाई सफलता मिलेको छ । उनले सांस्कृतिक क्रान्ति, माओ, जनसेना र माक्र्सवाद प्रति नरम नीति लिएको चर्चा पनि भैरहेको छ । चिनियाँ सत्ताको नेतृत्वकर्ता त्यहाँको कम्युनिस्ट पार्टी हुने भएकोले पनि यो अधिवेशनलाई रुचिका साथ हेरिएको छ । अर्को मंगलबार सम्पन्न हुने २ हजार ३ सय प्रतिनिधि रहेको सो महाधिवेशनले २ सय सदस्यीय केन्द्रीय समिति, २४ सदस्यीय राजनीतिक कार्य सम्पादन समिति (पिवि) र विपिले ७ सदस्यीय स्थायी समिति चयन गर्नेछ ।

२०७४ कात्तिक १ गते अपरान्ह ३ः१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :