बर्दिया ताक्दै प्रचण्ड

काठमाडौंः नेपाली कांग्रेससँगको गठबन्धन हुँदा प्रचण्डले छोरी रेणुकालाई मेयरमा जिताएर अाफू चितवनबाट चुनाव लड्ने आधार तयार गरेका थिए । स्थानीय तहको चुनाव सम्पन्न भए लगत्तै प्रचण्डले आपूm चितवनबाटै लड्ने घोषणा पनि गरेका थिए । तर प्रचण्ड–देउवा गठबन्धन भत्किएपछि प्रचण्डको लागि चितवन सहज भएन । एमाले प्रचण्डलाई चितवनमा छेक्ने रणनीतिमा छ । चितवन क्षेत्र नं. १ र २ एमालेले नछोड्ने अडान लिएपछि रामबहादुर थापा ‘बादल’ क्षेत्र न. ३ मा जाने भएका छन् । एमाले पङ्ती प्रचण्डभन्दा बादलप्रति नै नरम छ । देउवा–प्रचण्ड दुबैलाई निकास दिन प्रचण्डलाई बामदेव गौतमले बर्दिया लग्ने प्रस्ताव गरेका छन् । बर्दियामा कांग्रेसको आधार कमजोर भएको र एमाले–प्रचण्ड गठबन्धन बलियो भएका कारण एमाले, बादल दुबैलाई रुष्ट पार्नुभन्दा आपूm नै बर्दिया जाने मानसिकतामा प्रचण्ड पुगेको प्यारीडाँडा स्रोतले दावी गरेको छ ।

२०७४ कात्तिक १ गते अपरान्ह ३ः२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :