समाजवादी संस्कृति सम्बन्धी सि जिनपिङको किताब प्रकाशित

काठमाडौं : चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिनपिङको समाजवादी संस्कृति सम्बन्धि किताब प्रकाशित भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं कांग्रेसले सि जिनपिङलाई पार्टी महासचिवमा निर्वाचित गरेको थियो । सन् २०१२ देखि सि जिनपिङले प्रशासनिक क्षेत्रमा व्यापक सुधार गरेका छन् । उनी राष्ट्रपतिमा निर्वाचित भएसङ्गै उनले भ्रष्ट कर्मचारीलाई बर्खास्त तथा कार्वाही अभियान चलाएका थिए । एनजिओ / आईएनजिओ र अन्य गैर सरकारी संस्थाहरुको अधिकार कटौति गरेर सिमित पारेका थिए । सि जिनपिङ राष्ट्रपतिमा निर्वाचित भएपछि माओत्सेतुङले गरेको सांस्कृतिक क्रान्तिको बाटोमा हिंडेको भनेर पश्चिमा मिडियाहरुले आलोचना गर्ने गरेका छन् । सीले आफ्नो कार्यकालमा समाजवादी संस्कृतिलाई समृद्ध पार्ने अभियान चलाएका थिए । त्यस्तै सिको हालै प्रकाशित किताबमा समाजवादी संस्कृतिलाई अगाडि बढाउन दिएको उनका ७० वटा भाषण, समाजवादी अर्थतन्त्र र राजनीतिलाई समेत सो कित्तामा समावेश गरिएको चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।

२०७४ असोज २९ गते बेलुका ९ :४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :