माके सरकारबाट हट्दै / राष्ट्रपतिद्वारा मन्त्री थप्ने पत्र फिर्ता

काठमाडौं : माओवादी केन्द्रको हाइकमाण्डको बैठक अहिले पेरिसडाँडामा बसिरहेको छ र सो बैठकले आजै आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने भएको छ । उता प्रम देउवाले मन्त्री परिषद्मा थप्ने नामावली पत्र राष्ट्रपति कार्यालयले दर्ता नगरी फिर्ता गरिदिएको छ । राष्ट्रपति भण्डारीले निर्वाचन आयोग र कानुनविद्हरुसँग सो विषयमा विमर्श शुरु गर्नु भएको छ । आजै निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र राष्ट्रपतिको भेट हुँदैछ । आजै माके केन्द्रीय कार्यालयले पत्रकार सम्मेलन गर्ने भएको छ । अनपेक्षित रुपमा भएका घटनाले चुनाव र नेपाली राजनीतिमै अनेक आशंका उब्जिएका छन् । घोषित चुनावसमेत धरापमा पर्न सक्ने आशंका गरिएको छ ।

२०७४ असोज २८ गते ११ :४२  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :