आधारहीन समाचारको खण्डन

thumbnail of Asal khadkabare press note 2074-6-28

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कार्यालय सचिव भेषराज भुषालले पार्टीका केन्द्रीय सदस्य कमरेड चन्द्रबहादुर खड्का ‘असल’को बारेमा तथ्यहीन र आधारहीन समाचारको खण्डन गर्नुभएको छ । सचिव भुषालले शनिबार एक प्रेस नोट जारी गर्दै उक्त समाचारको खण्डन गुर्न भएको हो । हेर्नुस्, प्रेस नोटको पूर्णपाठ– 

हालै युनाइटेड पोष्ट साप्ताहिक र त्यसको हवाला दिँदै केही अनलाइन समाचारले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड चन्द्रबहादुर खड्का ‘असल’को सन्दर्भमा महिला, राजु गोर्खाली आदिबारे जुन समाचार प्रशारण गरिएको छ त्यो तथ्यहीन र आधारहीन छ त्यसबाट कमरेड चन्द्रबहादुर खड्का ‘असल’को चरित्र हत्या गर्ने षड्यन्त्र देखिएको छ । उहाँलाई लगाइएको आरोप सत्य नभएको कुरा स्पष्ट गर्न चाहन्छौं । त्यो क्रान्तिकारी पार्टी र त्यसका नेताहरूलाई वैचारिक र सांगठनिक रूपमा कमजोर पार्न नसकेपछि नेताहरूको चरित्र हत्या गर्ने, पार्टी भित्र अविश्वास सृजना गर्ने र आम जनसमुदायमा भ्रम पार्न सकिन्छ कि भनि अवसरवादीहरूले सुनियोजित रूपमा चलाएको हल्ला मात्र हो । प्रतिक्रियावादी तथा अवसरवादीहरूका सबै प्रकारका हथकण्डा, षड्यन्त्र र घेराबन्दीलाई परास्त गर्दै पार्टी, देश र जनताको मुक्ति यात्रामा निरन्तर अगाडि बढिरहेको छ र बढिरहनेछ । कमरेड चन्द्रबहादुर खड्का ‘असल’का बारेमा कोही कसैमा भ्रम नपरोस भनि यो प्रेस नोट जारी गरिएको छ ।

२०७४ असोज २८ गते बिहान १० : २२ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :