सनराइजपथमा अविचल सनराइज – सुशीला

कविता
बैरीका बंकरमा बम बनी
विष्फोट भइछौ सनराइज
दुश्मनको स्वर्गमा जन्मिएको
महान् मुक्ति पाउन जन्मिएछौ सनराइज
हाँस्दै मृत्यु रोजिदिएछौ सनराइज
युगौंयुग नअस्ताउने भएछौ सनराइज
अपिसैपाल बनेछौ सनराइज ।

तिम्रो मृत्युको कठोर खबरले
मेरो मुटुको धड्कन रोकियो
चेतनाको भकारी रित्तिएझैँ लाग्यो
विक्षिप्त भयो मन
मलाई मात्र होइन सनराइज
तिम्रा सम्पूर्ण आफन्तजनहरू
तिम्रा सबै वर्गजनहरू
पीडाको आँसु बगाइरहेछन् सनराइज
बदलाभाव छातीमा रोपेर
आक्रोशपूर्ण बाँचिरहेछन् सनराइज
सेती र कालङ्गा
काली र कैलाश
खप्तड र रामारोशन
तिमीलाई खोज्दैछन् सनराइज
तिम्रा पदचाप पछ्याइरहेछन्
ए महान् सहिद !

तिम्रो तातो रगत छोएर
हामी कसम खान्छौँ
तिम्रो हातबाट झरेको रक्तिम झन्डालाई
सगरमाथाको शिखरमा गाडिछाड्नेछौँ
सनराइज
तिम्रो हातबाट झरेको राइफल
जीवनको अन्तिम क्षणसम्म बोहिरहनेछौँ
ए महान् सहिद !
तिम्रा अधुरा सपना पूरा गर्न
हामी बाँचेकाहरू लामबद्ध छौँ
हिँडिरहेनछौँ तिम्रो सहिदपथमा सनराइज ।।

रातोखबर साप्ताहिकबाट

२०७४ असोज २८ गते बिहान ९  :०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :