विश्वमा सञ्चारको विकासको प्रक्रिया

अनिल शर्मा
समाजवादी क्रान्तिपछि प्रेसको भूमिका र दायित्वलाई वर्गीय दृष्टिले हेर्न थालिएको छ । सञ्चारले निश्चित वर्ग र समुदायका हितहरूको प्रतिनिधित्व गर्ने गर्दछन् । अब प्रेसको स्वतन्त्रता, निष्पक्षता, तटस्थताजस्ता नारा पुरानो भैसकेको अनुभव गर्न थालिएको छ ।
धातु छापाखानाको आविष्कार जर्मनीमा भएको मानिन्छ । सन् १४५० को दशकमा जर्मनीमा यसको आविष्कार हुँदा राजा नियन्त्रित थियो । सन् १६६५ मा बे लायतबाट अक्सफोर्ड गजेट र सन् १७०२ मा हेली कुरान्ट दैनिक प्रकाशित भएका थिए । त्यसै अवधिमा सन् १६९० मा अमेरिका, बोस्टर्नबाट पब्लिक एक्युरेन्स प्रकाशित भएको थियो । त्यसको दुई दशक नपुग्दै सन् १७०४ मा बोस्टन न्युजलेटर नामको अखबार प्रकाशित भयो । त्यसपछि युरो प र अमेरिकामा अखबार प्रकाशनमा गति आएको हो । लो कतन्त्रको जननी भनेर प्रचारित पुँजीवादी प्रजातन्त्रको नमुना बेलायतले १७ औँ शताब्दीको अन्तिमसम्म पनि सञ्चार माथिको नियन्त्रण कायमै राखेको थियो । अठारौँ शताब्दीमा आएको औद्योगिक क्रान्ति र त्यसले ल्याएको राजनीतिक, वैचारिक जागरणसँगै सञ्चारको स्वतन्त्रताका विषयमा पनि बहस हुन थालेको हो ।

बेलायतले सन् १७७६ मा विशेष घोषणा ९म्भअबिचबतष्यल या च्ष्नजत या तजभ कतबतभ या खभचनष्लष्ब० को धारा १२ मा ‘ब्रिटिस संवै धानिक प्रणालीले प्रेसको स्वतन्त्रतालाई संरक्षण दिँदै सार्वजनिक चासोका विषयहरूमा स्वस्थ आलो चना र टिप्पणी गर्ने स्वतन्त्रता प्रदान गरेको छ । बेलायतले युरोपेली अदालतमा व्यक्तिले सीधै उजुरी गर्न पाउने विषय र त्यसको अनिवार्य क्षेत्राधिकार लाई स्वीकार गरेको छ । (ने पालमा प्रेस स्वतन्त्रता पृष्ठ १२, महेन्द्र बिष्ट) त्यसको प्रभाव विश्वभरि पर्ने नै भयो । सन् १७९१ मा अमे रिकाको संविधान संशोधन गरी बेलायतको पदचाप पछ् याउन खोजियो । अमेरि की संविधानमा भनियो– ‘ अमेरिकी काङ्ग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै कानुन बनाउनेछैन ।’ त्यसैगरी फ्रान्सको राष्ट्रिय संसद्ले सन् १७८९ मा जारी गरेको नागरिक अधिकारसम्बन्धी घो षणापत्र, धारा ११ मा भनिएको छ– ‘प्रत्येक नागरिक बो ल्ने, लेख्ने र प्रकाशन गर्ने स्वतन्त्रता हुनेछ ।’ यसरी जबजब मानव समाज दास युगबाट पुँजीवादी युगमा प्रवेश गर्दै गयो । त्यसको क्रमिकतामा नै सञ्चारको विकास हुँदै गएको दे ख्न सकिन्छ । सामन्तवादको तुलनामा पुँजीवाद आफ्नो उषाकालमा उदार हुनु, सञ्चारको माध्यमले सत्तारूढ वर्गलाई प्रहार गर्ने अवसर प्रदान गर्नु र प्रविधिमा आएको विकासले त्यसका लागि भौतिक वातावरण सिर्जना गर्नुका कारणले सञ्चारको विकास ठूलो अनुकूलतामा पैदा गरेको थियो ।

सन् १९१७ मा सोभियत समाजवादी क्रान्ति भयो । जीवन र श्रमिक वर्ग, महिलाअधिकार, उत्पीडित समुदायलगायत सम्पूर्ण पक्षमा नयाँ धारणा आए । मजदुर वर्गले आफ्नो अधिकारका लागि त्यस बेलासम्मको पुँजीवादी प्रणालीले अस्वीकार गरेको हडताल तथा सङ्घर्षको अधिकारलाई कानुनी मान्यता दियो । राज्यद्वारा गाँस, बास र कपास सुनिश्चित गरियो । आवधिक विकासको धारणा आयो । समाजवादी अवधारणाका निम्नतम सर्त लागू गर्नुपर्ने बाध्यता बाँकी विश्वलाई भयो । त्यसैक्रममा युरोपमा ‘लोक कल्याणकारी राज्य’ को अवधारणा अगाडि आयो । त्यसपछि सञ्चार स्वतन्त्रता र दायित्वका विषयमा नयाँ धारणाहरू विकसित भए । त्यसपछि नै जनताका लागि सञ्चार भन्ने धारणा अगाडि आयो ।

माक्र्सवादका प्रणेता कार्ल माक्र्स आफैँ एकजना पत्रकार थिए । विचारको प्रचार र जनमत निर्माण मात्र होइन, माक्र्सले कयौँ वर्ष सञ्चारलाई जीविकोपार्जनको साधनसम्म बनाएका थिए । लेनिन आफैँ एकजना कुशल सम्पादक थिए । चिनियाँ क्रान्तिमा पनि पार्टीले सञ्चार क्षेत्रलाई विशेष महत्व दिएको देखिन्छ । चीनमा जापानी आक्रमण र प्रतिरो धको समयमा जापानी महिलालाई ल्याएर जापानी भाषामा जापानविरोधी समाचार सम्पे्रषण गरेको घटना रोमाञ्चक घटनाका रूपमा लिइन्छ । गृहयुद्धकालमा देङ स्याओ पिङ पार्टी प्रकाशन विभागका प्रमुख थिए । लेनिनले अखबार लाई सङ्गठनकर्ता र प्रचारकर्ता दुवै भूमिका निर्वाह गर्नसक्ने साधनका रूपमा अथ्र्याएका थिए ।

समाजवादी क्रान्तिपछि प्रेसको भूमिका र दायित्वलाई वर्गीय दृष्टिले हेर्न थालिएको छ । सञ्चारले निश्चित वर्ग र समुदायका हितहरूको प्रतिनिधित्व गर्ने गर्दछन् । अब प्रेसको स्वतन्त्रता, निष्पक्षता, तटस्थताजस्ता नारा पुरानो भैसकेको अनुभव गर्न थालिएको छ । वि.सं. १८२५ मा नेपालको भौगोलिक एकीकरण भयो । त्यस अघिपछि लामो समयसम्म नेपालमा सार्वजनिक समाचारको कुनै साधन थिएन । त्यसभन्दा धेरै अघि नै चीनमा कागजको आविष्कार भैसकेको थियो । जर्मनीमा धातुको छापाखाना बनिसकेको थियो । १६ औँ शताब्दीको उत्तराद्र्धमा युरोपमा अखबारको प्रकाशन भइसकेको थियो । तर पनि ने पाल त्यसबाट बेखबर नै थियो । यद्यपि नेपालमा सार्वजनिक सञ्चारको लामो मौलिक परम्परा छ र त्यसको अवशेष अझै देख्न सकिन्छ । आज अखबार, रेडियो, टेलिभिजनहरूले समाचार प्रसारण गरेझैँ कुनै समय गन्धर्वहरूले समाचार प्रसारण गर्थे । दरबारको स्तुति, महिमागान, प्राकृतिक पीडा, लाहुरे जीवनका कथा, लडाइँका कथा–व्यथा आजजसरी घरघरमा सञ्चारले पु¥याइरहेको छ, कुनै समय त्यो भूमिका गन्धर्वहरूले पूरा गर्थे । पहाडी समुदायमा ‘कटाले’ पेसा हर ाइसके पनि थारू समुदायमा ‘हाँकपारा’ पेसा अझै जीवित छ जसले सार्वजनिक सञ्चारको काम गरिरहेका छन् ।

जङ्गबहादुर राणा वि.सं. १९०८ मा बेलायत भ्रमणमा गएका थिए । बेलायतमा उसबेला सञ्चारको ठूलो विकास भैसकेको थियो । यता नेपालमा न अखबार थियो, न त सर कारी कागजात छापिएका कागजमा प्रयोग गरिन्थ्यो । राणा फर्किंदा आफ्नो साथमा एउटा हाते छापाखाना लिएर आए । त्यसको माथिल्लो भागमा गिद्धको पखेँटाजस्तो आकृति भएकाले त्यसलाई ‘गिद्दे प्रेस’ भनिन्थ्यो । गिद्दे प्रेस नै नेपालको पहिलो छापाखाना हो । वि.सं. १९४९ मा कुवेररत्न बज्राचार्य (रुद्रकाजी बज्राचार्य ले नयाँ सडक पाको टोलमा आफै ँले बनाएको नेपाली हाते छापाखाना १९७९ सम्म बुद्ध प्रेसको नाममा चलेको थियो ।

वि.सं. १९४३ मा मोतीराम भट्टको पहलमा बनारसमा नेपाली भाषामा ‘ गोरखा भारत जीवन’ नामक मासिक प्रकाशित भयो । त्यो पहिलो नेपालीभाषी अखबार थियो । मोतीराम भट्टकै पहल र कृष्णदेव पाण्डेको सहयो गमा संवत् १९५५ मा ‘सुधा सागर’ छापियो जुन १९५० मा स्थापित ‘पाशुपत छापाखाना’ द्वारा मुद्रण गरिएको थियो । आधुनिक नेपाली अखबारको श्रेय भने श्री ३ देवशमशेरलाई जान्छ उनले १९५८ वैशाख २४ का दिन ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित गरे । कालान्तरमा गो र्खापत्र दैनिक मात्र भएन, गोर खापत्र नामकरण भयो । २००७ कात्तिक २० का दिन विद्रोही पक्ष (नेपाली काङ्गे्रस) ले सञ्चारमा गरेको ‘नेपाल प्रजातन्त्र रेडियो’ २००७ चैत २० मा ‘रेडियो नेपाल’ मा परिणत गरियो ।

२०१६ पुस १ गते पहिलो समाचार वितरक संस्थाका रूपमा ‘नेपाल संवाद समिति’ स्थापना भयो । त्यसको लगत्तै २०१७ वैशाख ३० गते ‘सगरमाथा संवाद समिति’ स्थापना भयो । यी दुवैलाई एकीकरण गरी २०१८ फागुन ७ गते ‘राष्ट्रिय संवाद समिति’ बनाइयो । २०२८ सालदेखि यसले र ाष्ट्रिय समाचार समिति (रासस) को नामबाट काम गरिरहेको छ । २०४२ साउन २९ गते परीक्षण प्रसारण र २०४२ पुस १४ गतेबाट नेपाल टेलिभिजन नियमित प्रसारण भइरहेको छ । यसबीचमा थुप्रै रेडियो र टेलिभिजन आइसकेका छन् । २०५२ असार ३१ गतेबाट वल्र्ड लिङ्कले इन्टरनेट सेवा सुरु गरेको छ । नेपाल दूरसञ्चार संस्थानले २०५८ सालबाट सो सेवा सुरु गरेको छ । सूचना विभागको आर्थिक वर्ष २०७३ चैतसम्मको तथ्याङ्कअनुसार अखबारको सङ्ख्या ७,४६३ छ । प्रेस काउन्सिलको वर्गीकरण नतिजाअनुसार नियमित प्रकाशित अखबार ८६८ मात्र छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार २०७३ चैत मसान्तसम्म प्रसारण अनुमति पाएका ७ सयवट एफएम रेडियोमध्ये ५३५ वटा सञ्चालनमा छन् ।

नेपालको वामपन्थी आन्दोलनमा पठन संस्कृतिको लामो र गर्विलो परम्परा छ । हलकारा, दियो, वेदना, फून्गो, कलम, रातो थुङ्गा, नेपाली साहित्य, योजना, जनादेश हुँदै अहिले रातो खबर, हाँक, श्रमिक, वर्गदृष्टिलगायत साप्ताहिक, मासिक, त्रैमासिक प्रकाशित छन् । विद्युतीय माध्यममा पनि उल्लेख्य उपस्थिति छ । यसका विषयमा अलग्गै छलफलको आवश्यकता छ । विश्वमा सञ्चारको विकास भएको दुई सय वर्षभन्दा पछि प्रवेश गरेको नेपाली सञ्चार अहिले विश्वको मूल प्रवाहमा समावेश भएको छ । जनयुद्धको समयमा यसले युद्ध पत्रकारिताको अनुभवसमेत सँगालिसकेको छ ।

२०७४ असोज २७ गते बेलुका ११ : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :