
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी भव्य रुपमा मनाउने भएको छ । पार्टीको हालै पोखरामा सम्पन्न केन्द्रीय समितिको बैठकले काठमाडौंको खुलामञ्चमा १०औं हजार जनमुदायका बीच अक्टुबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउने निर्णय गरेको थियो । कार्यक्रमलाई नेकपाका महासचिव विप्लवले सम्बोधन गर्नुहुने जानकारी पार्टीस्रोतले दिएको छ । रुसमा भी.आई. लेनिनको नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा जारको सत्ता ध्वस्त गरी सोभियत सत्ता स्थापना गर्नु भएको थियो । रुसी क्रान्ति सम्पन्न भएकोे १ सय वर्ष पूरा भएको सन्दर्भमा यो वर्षभरि संसारभरका कम्युनिस्ट पार्टी र जनसमुदायले शतवार्षिकी कार्यक्रम मनाउने भएका छन् ।
२०७४ असोज २८ गते अपरान्ह ३ : ५७ मा प्रकाशित