वैद्य माओवादीको राष्ट्रिय सम्मेलन सम्पन्न / विचार मिल्नेहरूसँग पार्टी एकता हुन सक्ने

आश तमु / पोखरा : पोखरामा ५ दिन अघि देखी जारी क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष मोहन वैद्य किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र नेपाली समाजको विश्लेषण सम्बन्धि प्रतिवेदन पारित गरेको छ । त्यसैगरी लामो समयको बहसपछि पनि पार्टीको नाम क्रान्तिकारी माओवादी नै राख्ने निर्णय सम्मेलनले गरेको छ ।

बहुपदीय प्रणालीमा रहेको उक्त पार्टीको संरचना महासचिव प्रणालीमा जाने समेत निर्णय गरेको एक जना प्रतिनिधिले बताए । विचार मिल्नेहरूसँग पार्टी एकता हुन सक्ने र आजै मोहन वैद्यको नेत्रित्वमा नयाँ कार्यसमिति चयन हुने बताएको छ ।

२०७४ असोज २६ गते अपरान्ह ५ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :