विद्यार्थीका केन्द्रीय सदस्यसहित २ गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ र जिल्ला कोषाध्यक्ष मोहन बराबमलाई  पोखराको औधोगिक क्षेत्र नजिकै भित्तेलेखन गरिरहेको बेला बिहीबार विहान प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुलाई कास्कीका वडा प्रहरी कार्यालय रामबजारमा राखिएको रमाकान्त बास्तोलाले बताएका छन् । 

आफ्ना नेता कार्यकर्ता गिरफ्तार परेपछि अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वयन समितिले एक बिज्ञप्ति जारी गर्दै रिहाईको माग गरेको छ । बिज्ञप्तिमा उदृत गर्दै बिना कारण राज्य आतंक बन्द गर्न र नगराउन सम्बन्धित पक्षलाई जानकारी गराउदै आफ्ना कार्यकर्तालाई तत्काल रिहाइको माग गरेको छ भने अन्यथा यसबाट आउने परिणामको जिम्मेवार प्रसाशन आफैँ हुने चेतावनीसमेत दिएको  छ ।

२०७४ असोज २६ गते मध्यान्न १२ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :