सीमा रक्षकलाई भारतको हत्कडी

काठमाडौं : दसजग्गा मिचेर, अन्तर्राष्ट्रिय कानुन र परम्परा प्रतिकूल तथा नेपाली बस्ती डुबानमा पार्ने गरी भारतले निर्माण गरेको बाँध भत्काउने सप्तरी जिल्ला, कोइलाडी तिलाठी २ का देवनारायण यादवलाई भारतीय प्रहरीले १५ गते पक्राउ गरी झूठो आरोप लगाएर जेल चलान ग¥यो । देवनारायण यादवका छोरा अजयलाई आदर्शग्राम पञ्चायत (भारत, बिहार) मा सांस्कृतिक कार्यक्रम हेर्न गएको बेला पक्राउ गरिएको हो । छोरालाई छुटाउन गएका देवनारायण यादवलाईसमेत भारतीय अर्धसैन्य बलले पक्राउ गरेको हो । उनीहरूलाई सुपौलस्थित वीरपुर जेल चलान गरिएको हो । ‘सीमा बचाऊ अभियान’ का अगुवासमेत रहेका यादवको नेतृत्वमा गत वर्ष साउन १३ मा भारतीय पक्षले नेपाललाई डुबानमा पार्ने गरी गैरकानुनी बाँध बनाउन खोज्दा ठूलो प्रतिरोध भएपछि भारतीय पक्ष पछि हट्न बाध्य भएको थियो । त्यसक्रममा यादव घाइतेसमेत भएका थिए । त्यो घटनासँगै यादव एकाएक राष्ट्रिय नायकका रूपमा चर्चामा आएका थिए । ग्रेटर नेपालले उनलाई पुरस्कृतसमेत गरेको थियो । यादवलाई डोरीले चौखुर्याएर हथकडीसहित जेल चलान गरिएको थियो । भारतीयको विरोधमा आवा

ज उठाउने देशभक्त यादवमाथिको प्रतिशोध नेपालमाथिको अपमान र भारतीय दादागिरीका रूपमा चौतर्फी निन्दा गरिएको छ । भारतीय हस्तक्षेपको विरोधमा १७ गते काठमाडौँ, माइतीघरमण्डलामा देशभक्त नेपालीहरूले भारतीय दादागिरीको विरुद्ध प्रदर्शनसहित ज्ञापनपत्र बुझाए । असोज १७ गते नै पुर्वजनरल, कूटनीतिज्ञ, पूर्ववरिष्ठ सरकारी कर्मचारीसहितको प्रबुद्ध समूहले विज्ञप्तिमार्फत घटनाको निन्दा र विरोध प्रदर्शन गर्‍यो ।

नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वसहायकरथी प्रेमसिंह बस्न्यातलगायतद्वारा जारी विज्ञप्तिमा ‘भारतीय प्रहरीद्वारा भएको गैरकानुनी, अमानवीय र नेपालको सार्वभौमिकताविरोधी गिरफ्तारीप्रति हामी घोर आपत्ति प्रकट गर्छौं । उनीहरूको चाँडै रिहाइका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गर्छौं’ भनिएको छ । यादवद्वयको रिहाइको पहल गर्न भारत, कुनौली पुगेका नेपाली अधिकारीहरूसँग भारत, कुनौली थाकाका प्रभारी (इन्चार्ज विनोद यादवले ‘सहयोग गर्नुको सट्टा अभद्र शैलीमा चेतावनी दिएको’ गुनासो गरेका थिए । उनको भनाइबाट देवनारायणसहित त्यस क्षेत्रका देशभक्त नेपालीले आत्मसमर्पण गरून् भन्ने भारतको अपेक्षा पूरा नहुँदा ‘शरीर बन्धक तथा अपहरण’ मुद्दा थोपरेर फसाउन खोजेको देखिन्छ ।

आदर्शग्राम पञ्चायतका एक स्थानीय भारतीय नागरिकले यादवलाई पक्राउ गरेपछि भागीविवाह गरेका अजयका ससुराली पक्षलाई आर्थिक प्रलोभनमा पारेर हतारहतार मुद्दा हाल्न लगाएको बताएका छन् । उक्त घटनाको चौतर्फी विरोध भैरहेको बेला नेकपा निकट जवसहरूको आयोजनामा बिहीबार अपराह्न काठमाडौँमा विरोध प्रदर्शन गरे को थियो । पहल गर्न गएका नेपाली अधिकारीसँग भारतीय पक्षले गत बुधबारसम्म छोड्ने आश्वासन दिएको थियो । नेपाली जनताको व्यापक विरोध भएपछि भार तीय साम्राज्यवादले बाध्य भएर देशभक्त नेपालीलाई झुठो मुद्दा लगाएर शनिवार मात्र तारेखमा रिहा गर्न बाध्य भएको छ । यादवले रिहा भएपछि देशको सीमा रक्षाका लागि आफ्नो लडाई निरन्तर जारी रहने बताएका छन् ।

रातो खबर साप्ताहिकबाट
२०७४ असोज २६ गते बिहान ८ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :