नेकपा कास्कीका सेक्रेटरीसहित ५ नेताकार्यकर्ता हिरासत मुक्त

रमाकान्त बास्तोला / पोखरा :  नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाका सेक्रेटरीसहित ५ नेताकार्यकर्ता आज हिरासत मुक्त भएका छन् । एक महिना अगाडि सस्तो बजारमा राखिएको बमको बिषयमा भन्दै विभिन्न मुद्दा लगाई भदौ २६ गते पक्राउ परेका कास्की जिल्ला सेक्रेटरी जगन तिवारीलगायतलाई आज जिल्ला अदालत कास्कीको आदेशमा जनही १० हजार धरौतीमा हिरासत मुक्त भएका हुन् ।

पक्राउ पर्नेहरुमा जिल्ला सदस्य परिवर्तन, विशेष समिती सदस्य सविन, पार्टी सदस्य काशिराम पौडेल, बालकृष्ण अधिकारी, र राष्ट्रिय युवाजनस्वयंसेवक कास्कीका सचिव लोकेन्द्र राई रहेका थिए भने उनीहरु सबै हिरासत मुक्त भएका छन् । यसरी हिरासत मुक्त भएका सबैलाई नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक समिति (पिबी) सदस्य ओमप्रकाश पुनले अबिर र खादा लगाई उच्च सम्मानका साथ स्वागत गर्नुभएको थियो ।

२०७४ असोज २५ गते अपरान्ह ५ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :