गौचन हत्याका दोषीलाई कार्वाही गर : नेकपा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको केन्द्रमै निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्या हुनुलाई गम्भीर प्रकृतिको घटना भन्दै उक्त घटनाका दोषीहरुलाई कार्वाही गर्न र गौचन परिवारलाई क्षतिपूर्ती दिन सरकारसँग माग गरेको छ ।

पार्टी महासचिव विप्लवद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा राज्यको जिम्मा लिएका व्यक्तिहरु देश लुट्ने, भ्रष्ट्राचार, राष्ट्रघात र जनतालाई दमन गर्ने कार्यमा लिप्त रहेको कारण नै यस्तो दुःखद घटना घटेको उल्लेख छ । साथै विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

जनताको शान्ति सुरक्षाको विषयमा सरकार असफल रहेको र जनताको वास्तविक शान्ति सुरक्षाको लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको पनि महासचिव विप्लवद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सोमबार काठमाडौंको शान्तिनगरमा नीजि कारमा सवार रहेको बेला गौचनलाई गोली प्रहार गरी हत्यागरिएको थियो । यसैबीच महासविच विप्लवद्वारा जारी विज्ञप्तिमा साङग्रीला क्यासीनोका मालीक राजेन्द्र बजगार्इंले ज्यान सुरक्षाको नाममा मानवअधिकार आयोगमा निवेदन दिएको विषयमा आफ्नो पार्टीलाई गम्भीर बनाएको उल्लेख छ ।

बजगाईंको हवाला दिंदै नागरिक दैनिकमा प्रकाशित समाचार भ्रमपूर्ण र षड्यन्त्रमुलक भएको पनि विज्ञप्तिमार्फत स्पष्ट गरिएको छ । 

२०७४ असोज २५ गते दिउँसो १ : २४ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :