प्रसिद्धको जन्मदर्ता कहिले ? / अधिकारकर्मीको मुखमा कसले मोहला लगायो ?

पोखरा : पूर्वप्रम पुष्पकमल दाहालका छोरा प्रकाश दाहालकी माहिली श्रीमती सिर्जना त्रिपाठी दाहालतर्फका छोरा प्रसिद्ध दाहालको जन्मदर्ता प्रमाणपत्र बनाइदिन दाहाल परिवारले आनाकानी गरेको छ । जन्मदर्ताको प्रमाणपत्र नभएका कारण उनको विद्यालय भर्नामा समस्या परेको प्रसिद्धकी आमा तथा प्रचण्डकी माहिली बुहारी सिर्जनाले बताएकी छिन् ।

सिर्जनाका पिताले सम्धी प्रचण्डसँग पटकपटक नातीको जन्मदर्ता गराइदिन आग्रह गर्दा पनि आलटाल गरेको बताइन्छ । ‘प्रचण्डलाई सार्वजनिक दबाब नदिएसम्म समस्या समाधान होलाजस्तो छैन’, उक्त खबर सार्वजनिक भएपछि एकजना अधिकारकर्मीले भनेका छन् ।

निर्वाध शिक्षा आर्जन गर्नु, बाँच्न पाउनु, लालनपालन र अभिभावकको सुरक्षा पाउनु न्यूनतम् बालअधिकारको विषय हो । पूर्वप्रम, सांसद, ठूलो दलका प्रमुख नेताबाट यो स्तरको मानवअधिकार उल्लङ्घन हुँदा पनि राष्ट्रिय मानवअधिकारसहितका अधिकारकर्मी संस्था र व्यक्तिहरूको मौनतालाई रहस्यमय ठानिएको छ ।
रातो खबर साप्तहिकबाट
२०७४ असोज २५ गते बिहान ९ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :