श्री प्रचण्डसँग साइलाको दबाब

काठमाडौं : माओवादी केन्द्रका जातिवादी नेता गोपाल किराँती ‘साइला’ ले माके–एमाले गठबन्धनलाई विचार, राजनीति, संगठन र क्रान्तिका दृष्टिले गलत भएको र प्रचण्डमा रातोपन समाप्त भएको भन्दै दाहाललाई श्री प्रचण्ड भन्दै सम्बोधन गर्दै आएका छन् । तर माकेको एक भरपर्दो स्रोतअनुसार उनको विरोधको अन्तर्यमा मुख्य मन्त्रीको पद रहेको दाबि छ । दोस्रो चरणको छलफल गरिरहेका प्रचण्डले राष्ट्रिय सभाको पिबीको बैठकमै सो कुरा खुला जानकारी गराएका थिए । माकेमा देशव्यापी विश्रृङ्खल आएको भएपनि तत्काल संगठित विद्रोहको सम्भावना कम देखिएको छ । माकेमा तल्लो स्तरका कार्यकर्तामा आएको निराशा र आक्रोषको फाइदा भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिने चर्चा भइरहेको छ ।

२०७४ असोज २४ गते ११ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :