पार्टी एकताको पक्षमा किरण

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलन पोखरामा शुरू भएको छ । केन्द्रीय समितिको बैठक लम्बिएपछि बिहान ११ बजे शुरू हुने भनिएको उद्घाटन समारोह अपरान्ह २ बजे मात्र शुरू भएको थियो । पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’को अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा (मसाल)का नेता रामप्रकाश पुरी, नेकपाका नेता ऋषि कट्टेललगायतका नेताहरुले शुभकामना मन्तव्य राखेको सो उद्घाटन सम्मेलनको सञ्चालन उपाध्यक्ष गौरवले गरेका थिए । पहिलो सत्रको समापन मन्तव्यको क्रममा मोहन वैद्य ‘किरण’ ले नेकपासहितका क्रान्तिकारी पार्टीहरुसँग ध्रुवीकरण प्रक्रिया शुरू गर्ने उद्घोष गरेका थिए । किरणको सो उद्घोषले सम्मेलनमा उपस्थित कार्यकर्ताहरु उक्साहित भएको देखिन्थ्यो । सोमबार बिहान ८ बजे बन्द सत्र शुरू हुने आयोजकहरुले जनाएका छन् ।

२०७४ असोज २२ गते बेलुका १० : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :