नेकपा (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन पोखरामा

भीम चापागाईं / पोखरा : नेकपा (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन करिव ३ सय जनाको उपस्थितिमा पोखरामा शुरू भएको छ । पोखराको बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा आज (आइतबार) अपरान्ह १ बजेपछि कार्यक्रम शुरू भएको छ । कार्यक्रमको अध्यक्षता मोहन वैद्य ‘किरण’ले गरेका थिए भने सञ्चालन सो पार्टीका उपाध्यक्ष सि.पि. गजुरेलले गरेका थिए । अन्य पार्टीबाट अतिथिहरुमा नेकपा स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली, नेकपाका संयोेजक ऋषि कट्टेल, नेकपा (मसाल)का केन्द्रीय सदस्य रामप्रकाश पुरी, वरिष्ठ मानव धिकारवादी टेकनाथ बरालको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

२०७४ असोज २२ गते साँझ ६ :५८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :