सकसमा मोहन वैद्य ‘किरण’

काठमाडौंः नेकपा (क्रान्तिकारी माओवदी) को राष्ट्रिय सम्मेलन आज (आइतबार) बिहान ११ बजे पोखरा बुद्धचोकस्थित न्युउ कान्तिपुर पार्टी प्यालेसमा शुरू हुँदैछ । विहान ८ बजेदेखि केन्द्रीय समितिको छोटो बैठकपछि बिहान नै ११ बजेदेखि उद्घाटन शत्र शुरू हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । सम्मेलनमा किरणको दस्तावेजमाथि स्थायी समिति सदस्य रामश्रीषले ‘जनयुद्ध र माओवाद’ का विषयमा फरक प्रस्ताव राख्ने भएका छन् । पार्टी भित्र तलसम्म सो सम्बन्धी फरक प्रस्तावसमेत छलफलका लागि पठाएको छ । अर्का वरिष्ठ नेता परि थापा मोहनविक्रम सिंहतिरै फर्किने तयारी गरिरहेको स्रोतको दाबि छ । मोहन वैद्य ‘किरण’ भने भूमिगत पार्टी, चुनाव बहिस्कार र सशस्त्र विद्रोहतिर पार्टी लग्न चाहे पनि तत्काल त्यो प्रस्ताव राख्न नसक्ने अवस्थामा रहेको स्रोत बताउछ । सम्मेलनमा वैद्यले फौजी रणनीति सम्बन्धी अलग दस्तावेजको तयारी गरेपनि तल्ल समितिमा पठाएको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्न सम्मेलनमा व्यापक दबाब बढ्ने अर्को स्रोतको दाबि छ ।

२०७४ असोज २२ गते बिहान  ७ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :