राष्ट्रिय युवाजनस्वयंसेवक मकवानपुरको ९औं जिल्ला सम्मेलन सम्पन्न / बज्यु अध्यक्षमा चयन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवाजनस्वयंसेवक मकवानपुरको ९औं जिल्ला सम्मेलन आज (शनिबार) हेटौडामा सम्पन्न भएको छ । सम्मेलनले दलबहादुर बज्युको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । कार्यसमितिका सदस्यहरु उपाध्यक्षमा दिपक रुम्बा, सचिवमा बिमल स्याङतान, सहसचिवमा शिवहरि पराजुली, कोषाध्यक्षमा बिनोद लामा, सदस्यहरुमा आकाश देउला, सोनाम बल, दिनेश मोक्तान, विरु स्याङ्तान, सानुकाजी गोपालीलगायत रहेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेकपाका जिल्ला इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ ले युवाहरु राष्ट्रको जनसेना भएको बताउँदै कलोबजारी र भ्रष्टाचारीविरुद्ध धावा बोल्नु पर्ने बताए । उद्घाटन कार्यक्रममा नेकपा बारा ईन्चार्ज नयन, मजदुर भ्याली सह (संयोजक गोकुल दाहाल, नेकपा जिल्ला सेक्रेटरी रामबहादुर घलान ‘वाटर’, रबिन्द्र देउला, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नारायणी व्युरो प्रमुख रेखा मगरलगायतले मन्तव्य शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा पूर्वजनमुक्ति सेनाका कमाण्डरसहित माओवादी केन्द्र, नयाँ शक्ति, एमाले र अन्य पार्टी परित्याग गरि १ सय ५५ जना युवाहरु नेकपामा प्रवेश गरेका थिए । कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक सुरेन्द्र घलानले गरेको थियो ।

२०७४ असोज २१ गते बेलुका १० : २० मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :