माओवादी केन्द्र एमालेमा विलय : ओली

अनिल नेपाली / अर्घाखाँची :  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपा (माओवादी केन्द्र) एमालेमा विलय भएको बताउनु भएको छ । उहाँले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका बीचमा भएको तालमेलले सच्चा कम्युनिस्टहरुलाई फाइदा पुगेको बताउनुभयो । रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विदेशीको इसारामा भएको गठबन्धन सफल नहुने बताउनुभयो । ‘तिनदलको गठवन्धनले सच्चा कम्युनिस्ट विचारधारा बोकेका पार्टीहरुलाई एक हुन मद्दत गरेको छ भन्दै परिवर्तनकारी शक्तिहरु एक भएर विशाल पार्टी निर्माणमा लाग्ने पनि नेता सुदर्शनले बताउनुभयो ।

उहाँले मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र मोहन वैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी)सँग पार्टी एकता लागि छलफल चलिरहेको पनि बताउनुभयो । एमाले–माओवादी केन्द्र पटक–पटक सत्तामा जाँदा पनि नागरिकको पक्षमा काम गर्न नसेकाले यी पार्टीहरुले कम्युनिस्ट पार्टीको रुपमा चिनाउन खोज्नु लाजमर्दो कुरा भएको बताउनुभयो । मंसिरमा हुने निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले भाग नलिने घोषणा गर्दै नेता सुदर्शनले एकिकृत जनक्रान्तिको माध्यमबाट राज्यसत्ता स्थापना र सञ्चालन गर्ने आफूहरुको योजनालाई सफल तुल्याएरै छाड्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका राजनीतिक समिति सदस्य (पिबी) तथा लुम्विनी इन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजङ्ग’, केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीको पनिउपस्थित रहेको थियो । रिपोर्टर्स क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव गणेश खनालले गरेका थिए भने अर्जुन भुसालले स्वागत गरेका थिए ।

२०७४ असोज २१ गते विहान १०  : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :