आठौं महाधिवेशन निरन्तरतामा क्रमभङ्गता : सन्तोष बुढा मगर ‘विषम’, स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी

१. बिषय प्रवेश

 नेकपाको इतिहासमा नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेशन निरन्तामा क्रमभङ्गता हो । क्रमभङ्गताले धेरैको स्थिर दिमागलाई भङ्ग गरि दिन्छ । धेरैको मथिङ्गल तताई दिन्छ, उथलपुथल बनाइदिन्छ । सायद आठौं महाधिवेशनले यहीँ गरेको छ । अहिले आठौं महाधिवेशनले गरेका महत्वपूर्ण सैद्धान्तिक बिषयहरुमा समर्थन र विरोध तथा सकारात्मक र नकारात्मक  प्रतिक्रियाहरु आइरहेका छन् । यसले बिषयहरुलाई थप स्पष्ट गर्न र समृद्ध गर्नमा मद्दत पुग्नेछ ।  

२. खोज, अनुसन्धान तथा नयाँ प्रस्थापनाहरु 
महाधिवेशनले समस्त कम्युनिस्ट आन्दोलनलाई नै एउटा खोजको बिषय बनाएको छ । यसले केही नयाँ बिषयहरुरुलाई थप बहस र ब्यउहाँरिक प्रयोगका लागि अगाडि पस्केको छ । यी बिषयहरु आठौं महाधिवेशनका नयाँ प्रस्थापनाहरु हुन् । यो नै आठौं महाधिवेशनको अरु महाधिवेशनहरुको भन्दा फरक र नयाँ उच्चतामा भएको नयाँपन हो । 

कुनै सिद्धान्तको परिकल्पना र त्यो परिकल्पनालाई अवधारणाको रुपमा पस्किन र संश्लेषित गरेर प्रस्थापनाको रुपमा अगाडि सार्ने काम अनुसन्धानको पहिलो महत्वपूर्ण कदम बन्दछ । यो वैज्ञानिक वा खोजकर्ताहरुको एउटा टिम र त्यसमा पनि एक जना विशिष्ट व्यक्तिको नेतृत्वमा सो कार्य अगाडि बढ्दछ । सायद कार्ल माक्र्स र ऐगेल्सहरुले माक्र्सवादको परिकल्पना मात्र गरिदिएको भए विश्व सर्वहारा वर्गीय आन्दोलनले र मानव समाजले विकासको यो उच्चता प्राप्त गर्ने थिएन होला । उहाँँहरुले मानव समाज र वर्गहरुको खोज, अध्ययन गर्नु भयो । समस्या समाधानको बाटो पहिल्याउनु भयो र अहिले मानिसको विचार, दृष्टिकोण नै फरक र भिन्न ठाउँमा पुगेको छ । उहाँँहरुले विश्वसर्वहारा वर्गीय विचारर दृष्टिकोण दिनु भयो । यसमा पनि समर्थन र विरोध गर्नेहरु थिए र छन् । ती बहसहरुले माक्र्सवादलाई समृद्ध र विकास ग¥यो । 

शुरुमा (सन् १८४८ मा) जुन बेला माक्र्सवादलाई कम्युनिस्ट घोषणा पत्रको रुपमा बाहिर सार्बजनिक गरियो । त्यस बेला पनि धेरै बुर्जुवा बुजुर्गहरुको मथिङ्गल यसरी नै तातियो र तिनका बुर्जूवा विचार एकाधिकारवाद क्षतबिक्षत (म्ष्कबकतभच) भयो कि तिनीहरु पागल जस्तै भए । त्यो स्वभाविक किन थियो भने अब उनीहरुको पुँजीवादी एकाधिकारवादको संसारै दुब्ने भयो । त्यहीँ अवधारणा आखिरमा क्रान्तिको विज्ञान साबित भयो । अहिले माक्र्सवाद संसार बदल्ने दर्शन बनेको छ । आठौं महाधिवेशनले अगाडि सारेका प्रस्थापनाहरु त्यहीँ माक्र्सवादलाई विकासगर्ने क्रममा अवरुद्ध मार्ग खुलाउने एउटा कदम हो । यहीँ नै अहिले नेपाल कम्युनिस्ट पार्टीको सैद्धान्तिक प्रस्थापना बनेको छ भने सिङ्गो कम्युनिस्ट आन्दोलनमा यो एउटा बहस हो ।

३. क्रान्तिको अनिबार्यता र प्रतिक्रान्तिकारी कदम 

महाधिवेशनले धेरै गम्भीर बिषयहरु उठाएको छ । जो नचाहेर पनि गर्नै पर्ने छ किनकी क्रान्ति अनिबार्य छ र यो गर्नु पर्ने छ । तर मात्र १७० बर्ष पुग्दै गरेको कम्युनिस्ट आन्दोलनले थुप्रै हण्डर ठक्कर खाँदै केही सफलताहरु हात पारेको छ भने केही असफलताहरु बेहोर्दै आएको छ । पछिल्लो चरणमा क्रान्तिको बाटो अवरुद्ध भएकोछ । कसरी यसको निदान गर्ने भन्ने बिषय खोजको बिषय बनेको छ । अहिले माक्र्स, लेनिन, स्टालिन, माओहरु हामीसँग छैनन् । उहाँँहरुले अगाडी बढाएको अधुरो कार्य पूरा गर्नै पर्नेछ । त्यो कोले गर्ने ? भन्ने बिषय पनि महत्वपूर्ण छ । इतिहास अगाडि बढ्दै गर्दा कहीँ न काहिँ जाम खान्छ । समस्या नआई गति अवरुद्ध हुँदैन । अवरुद्ध क्रान्तिको गतिसलाई क्रमभङ्ग नगरी समाज विकास वा परिवर्तनको दिशा खुल्दैन र गति अधि बढन सक्दैन । क्रमभङ्ग पुरानो तरिकाले हुँदैन । हरेक नयाँ घुम्तीमा नयाँ क्रमभङ्ग चाहिन्छ । यो सत्य हो कि कमरेड माओको निधन पछि विश्वमा क्रान्तिको बाटो अवरुद्ध भएको छ । धेरै देशहरुमा क्रान्तिले असफलता बेहोरेको छ । कहिँ न कहीँ क्रान्ति सफल हुनु पर्ने हो, भएन । नेपालमा विजयको सन्नीकट पुगेको करिव २० हजार संयुक्त राष्ट्र संघद्वारा प्रमाणिकरण भएका जनमुक्ति सेना थिए । माओवादीको आफ्नै सत्ता थियो तर ती सब नेतृत्वको बिचलन र आत्मसमर्पणका कारण प्रतिक्रान्तिमा बदलियो । अनि नेपाली क्रान्तिको बाटो पनि अवरुद्ध भयो । यो जाम कसै न कसैले खुलाउनै पथ्र्यो । प्रचण्ड, बाबुरामहरुको बिचलनपछि यो जाम खुलाउन धेरैले किरण–वादलहरुको टिमबाट अपेक्षा गरेका थिए । तर उहाँँहरुबाट पनि संभव भएन । वादल–गुरुङलगायतका कमरेडहरु त उतै प्रतिक्रान्तिको बाटोतिर फर्किनु भयो । क. किरणले पनि यो काम फत्ते गर्न सक्नु भएन । आखिरमा जुनियर भए पनि यो कामको थालनी दश बर्षको जनयुद्धको समापन र नेपाली क्रान्तिमा आएको आसन्न प्रतिक्रान्ति पछि कमरेड विप्लवको नेतृत्वमा नेकपाले शुरुवात गरेको छ । यसको स्वागत र सहयोग गर्नु कुनै पनि कम्युनिस्टको कर्तव्य हुन्छ होला । तर त्यस विपरितयसलाई यो वा त्यो रुपमा विरोधर अवरोध गर्ने र असफल बनाउने प्रयत्नहरु प्रत्यक्ष वा परोक्ष रुपमा भैरहेको छ । प्रतिक्रान्तिकारी कदम हो । नेपालमा अग्रज भनिने नेताहरुको काम यहीँ हुँदै आएको छ ।

४. निम्न पुँजीवादी, सामन्ती संकीर्णतावादी प्रवृत्ति

नेपाली समाजमा एकातिर सामन्ती संकीर्णता छ । यो ब्राह्मणवादमा अभिब्यक्त भैरहेको छ भने अर्कोतिर निम्नपुँजीवादीसंकीर्णता छ । यसले आपूmलाई कहिल्यै अरुलाई अगाडि जान दिदैन । यसको प्रभाव आम नेपाली समाजमा खुट्टा तान्ने प्रबृत्तिमा देखिन्छ भने नेपाली राजनीतिमा यसको अभिब्यक्ति संकीर्णतामा देखा पर्दै आएको छ । सामन्ती संकीर्णता र निम्न पुँजीवादी संकीर्णताको खिचडी प्रवृत्ति नेपाली राजनीतिमा निम्न बिशेषतामा देखिन्छ जो क्रान्तिको लागि अत्यन्त घातक देखिन्छ ।

(१) एउटा बिडम्बना भनौं कि दुर्भाग्य ! भनौं, नेपालमा जति नै आफूलाई कम्युनिस्ट भने पनि कतै न कतैबाट पार्टीमा वा नेताहरुमा सामन्तवादी हैकमवाद छ । समाजको हरेक क्षेत्रमा खुट्टा तान्ने प्रवृत्तिछ । राजनीतिमा त अझ धेरै छ । यो सामन्तवादको प्रभाव हो । यो पहिलो गलत प्रवृत्ति हो ।

(२) दोस्रो, आफूभन्दा कसैले प्रगति गरेको देखी नसहने प्रवृत्ति छ । यो प्रबृत्तिले आफूले पनि नगर्ने अरुलाई पनि गर्न नदिने अर्थात आफूले पनि नसक्ने र आपूmभन्दा जुनियर वा पछाडिकाले प्रगति गरेको देखी नसक्ने, सहि होस वा गलत होस विरोधआलोचना गर्ने प्रबृति छ । 

(३) तेस्रो प्रवृत्तिब्राहमणवादी प्रवृत्तिपनि जबरजस्त हाबी छ । यसको एउटा बिशेषता पंडित्याईंवाद हो । बेसरी पढ्ने उपदेश बेसरी दिने तर त्यस अनुरुप आफूले माखो नमार्ने वा एउटा सिन्को नभाँच्ने प्रवृत्तिछ । यो पंडित्याईंवाद हो । 

(४) चौथो प्रवृत्तिमास्तरी प्रवृत्तिहो । लेखिएको, पढेको र घोकेको बिषयमा राम्रो पढाउन वा ब्याख्या गर्न सक्ने तर त्यो भन्दा बाहिरका नयाँ सिर्जनालाई निषेध गर्ने, नमान्ने वा विरोधगर्ने प्रवृत्तिछ । यसले नयाँ सिर्जनाहरुलाई पुरै निषेध गर्दछ । यो मास्तरवादी प्रवृत्तिहो ।

यी प्रबृत्तिहरुले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा ठूलो नोक्सान पु¥याईरहेको छ । यी प्रबृत्तिहरु नेपाली राजनीतिमा जबरजस्त हाबी छन् । यसले पनि नेपाली क्रान्तिमा ठूलो अवरोध खडा गरिरहेको छ । यसमा क्रमभङ्गता जरुरी छ । त्यसको एउटा महत्वपूर्ण कदम आठौं महाधिवेशनले उठाएको छ । महाधिवेशनले बिशेषतः नेपाली कम्युनिस्ट आन्दोलनमा र सामान्यतः विश्व कम्युनिस्ट आन्दोलनमा नै दूरगामी प्रभाव पार्ने केही महत्वपूर्ण बिषयहरुलाई प्रस्थापनाको रुपमा उठाएको छ । सायद अवको क्रान्तिकारीहरुलाई यसले सहि दिशा दिने छ भन्नेमा अबआशा गर्ने ठाउँ प्रशस्त भएको छ ।   

५. महाधिवेशनले उठाएका महत्वपूर्ण बिषयहरु  

नेपालको कम्युनिस्ट आन्दोलनमा आठौं महाधिवेशन आफ्नो बिशिष्टतामा नयाँ र क्रमभंगता थियो । यसले केही नयाँ प्रस्थापनाहरु अगाडि सारेको छ । पहिलो कुरा, नेपाल लगायत विश्वभरिका क्रान्तिहरुले असफलता बेहोर्दै आउनुको कारण के होला ? दोस्रो, नेपाल लगायत विश्वभरीका कम्युनिस्ट पार्टीहरु फुटीरहने कारण के होला ? तेस्रो, नेपालका कम्युनिस्ट नेताहरु शुरुमा निम्न वर्गका हुने र पछि गएर नव–धनाध्य बनेर बिजातीय वर्गमा बिचलन भैरहने कारण के होला ? चौथो, अहिलेको बिशिष्ट अवस्थामा नेपाली क्रान्तिको सहि कार्यदिशा के हुन सक्छ ? पाचौं प्रश्न वैज्ञानिकहरुले राजनीतिमा दर्शन म¥यो (देथ भयो) भनीरहेको बेला यसको जवाफ कसरी दिने ? अथवा अरु समाज र समाजका सबै बस्तुहरुको विकासहुँदा दर्शनको विकासहुन्छ कि हुँदैन ? लगायतका तमाम बिषयहरुको जबाफ दिनु पर्ने छ । यसको जबाफ मात्र विरोधर आलोचनाले पुग्दैन । यसको जबाफ र निकास विचारर ब्यउहाँरबाट दिनु पर्ने छ । यसलाई राजनीतिमा लागु गर्नु पर्ने छ । यहीँ ऐतिहासिक मागको प्रारम्भीक सम्बोधन र निकास आठौं महाधिवेशनका निम्न बिषयबस्तुहरुले गर्न खोजेको छ ।

(१) पहिलो बिषय : दर्शनको बिषय

दर्शनमा माक्र्सवादको पहिलो प्रस्थापना दृष्टिकोण निर्माणसँग छ । अहिलेसम्म कम्युनिस्टहरुले पढेको पहिलो दर्शन हो ‘संसार बुझ्ने र बदल्ने’, अर्थात माक्र्सवाद भनेको संसारलाई बुझ्ने र बदल्ने विज्ञान हो । अहिलेसम्मका क्रान्तिहरुको असफलता र नेताहरुको बिचलन तथा क्रान्तिको मार्ग अवरुद्ध किन भयो ? भनेर खोज अध्ययनबाट आन्दोलनमा वैचारिक र सैद्धान्तिक क्षेत्रका साथै दर्शनमा पनि केही कमीहरु भएको पत्ता लाग्यो । यसलाई अपडेट गर्नु पर्ने आबश्यकता महसुस भयो र केहीे थप्नु पर्ने र केही सच्याउनु पर्ने देखियो । यो ऐतिहासिक कार्य आठौं महाधिवेशनले गरेको छ । जस्तो कि महाधिवेशनले ‘संसारलाई बुझ्ने र बदल्ने’ भनेर मात्र अवको क्रान्ति अगाडि बढ्न नसक्ने भएकोले ‘रक्षा र विकासमुख्यतः विकास’ थप्नु पर्छ भन्ने निर्णय गरेको छ । अनुसन्धानबाट के निष्कर्ष निकालिएको छ भने अहिले सम्म कम्युनिस्टहरुले ‘बुझ्ने र बदल्ने’ कुरालाई दह्रोसँग समाते, लागु पनि गरे र सफल पनि भए । पहिलो सफल बिद्रोह पेरिस कम्युन थियो । त्यो जम्मा ७२ दिन बदलियो र फेरी पुरानैमा फर्कियो । दोस्रो पटक रुसमा महान अक्टुवर क्रान्तिले त्यहाँको राज्यसत्ता बदल्यो । यो जम्मा ३९ बर्ष टिक्यो । तेस्रो चीनमा जनयुद्धको माध्यमबाट जनवादी क्रान्ति सम्पन्न भयो । यसमा पनि गम्भीर बिचलनहरु आइरहेका छन् । नेपालमा १० बर्षको जनयुद्धले नयाँ मूल्य र मान्यता स्थापना ग¥यो तर दश बर्षपछि त्यो पनि प्रतिक्रान्तिमा  परिणत भयो । यसको निष्कर्र्ष के भयो भने आखिर कम्युनिस्टहरुले समाज बुझे पनि बदले पनि । यो हदसम्म ठिक छ तर किन टिकाउन सकेनन् ? यसको कारण के हो ? यसको जवाफ छैन । यसको जवाफ पत्ता लगाउनै पर्ने थियो । यसको जवाफ महाधिवेशनले दिएको छ – ‘रक्षा गर्न नसकेर’ । रक्षा कसरी गर्ने ? यसको जबाफ हो –‘आफूलाई विकास गरेर’ । त्यसैले यसको निष्कर्र्ष हो – ‘विकास’ ।

साम्राज्यवादले आपूmलाई अपडेट ग¥यो, प्रतिक्रान्तिको सिद्धान्तमा विकास ग¥यो र आफैलाई पनि सुदृढ र विकास ग¥यो । तर कम्युनिस्ट सिद्धान्त र दर्शन जहाँको तहीँ रह्यो । राजनीतिमा साम्राज्यवाद अर्को ठाउँमा पुगेको छ । तर हामी जहाँको तही छौं, एक इञ्च पाइला सार्न तयार छैनौं । अन्तर विरोध यहीँँ निर देखियो । त्यसैमा महाधिवेशनले एक कदम अगाडि बढ्ने आँट गरेको छ । अहिलेसम्म कसैले नखोजेको र दिन नसकेको जबाफ दिएको छ महाधिवेशनले । अतः बदलिएको बस्तुको रक्षाको लागि ‘विकास’ गर्न जरुरी छ । त्यसलाई ‘संसार बुझ्ने बदल्ने र मुख्यतः विकास गर्ने’ भन्ने थपेको छ । यसो भन्नु वा गर्नु संशोधन गर्नु हुँदैन बरु त्यसलाई समृद्ध वा विकास गरेको हो । सकारात्मक कोणबाट हेरियो भने यहाँ महानता छ तर नकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने जति राम्रो गरे पनि भने पनि सकारात्मक देखिदैन । यो त हेर्ने, बुझ्ने दुष्टिकोण कै समस्या हो । यसलाई बुझ्न नसक्नु पछाडि परेको दृष्टिकोण हो ।

(२) दोस्रो बिषय विपरितहरुको एकत्व र दुईलाइन संघर्षबारे  

  दर्शनमा पार्टीलाई विपरितहरुको एकत्व भनिएको छ । यो साश्वत सत्य छ । समाजमा दुई वर्गहरु छन् अर्थात समाजमा वर्गहरुको अस्तित्व छ । ती वर्गहरुको अन्त्यको लागि कम्युनिस्ट पार्टी जन्मेको हो । जव सम्म समाजमा वर्गहरु रहन्छन् तबसम्म कम्युनिस्ट पार्टी पनि रही रहन्छ । जबसम्म पार्टी रहन्छ पार्टीभित्र वर्ग–समाजको प्रभाव परिरहन्छ । त्यस बेलासम्म पार्टीमा देखा पर्ने सजातीय अन्तरसंघर्षहरु चलि नै रहन्छन् । यो पार्टीमा वर्ग समाजको प्रभाव हो । यस बिना पार्टी सजीव रहन सक्दैन भन्ने कम्युनिस्ट मान्यता पनि छ । तर अहिलेसम्म पार्टीमा अन्तर संघर्ष र दुईलाइन संघर्षलाई घालेमिले पारेर एउटै कसीमा राखेर ब्याख्या गरिदै आयो । परिणाम अन्तरसंघर्ष रहँदासम्म पार्टी ठिकै रहने तर दुईलाइन संघर्ष हुना साथ पार्टी फुट्ने वा टुक्रिने हुँदै आएको छ । महाधिवेशनले यी दुईलाई अलग गरिदिएको छ । 

यसको मतलव हो सर्वहारा वर्गको पार्टीमा पुँजीवादी विचारको प्रभाव पर्नु अस्वभाबिक होइन तर सर्वहारा वर्गको सिद्धान्त र विचारमाथि नै हस्तक्षेप गर्ने गरी पार्टीमा बहस शुरु भयो भने यसको अनिबार्य परिणत फुट हुन्छ । किनकी यी विपरित वर्गका विचार भएकाले एकले अर्काको अस्तित्व स्वीकार्दैनन्, बरु एकले अर्कालाई निषेध गर्दछन्, मिल्दैनन् । त्यसैले फुट अनिबार्य बन्न पुग्दछ । यसले ‘एकता–संघर्ष–फुट’ को दार्शनिक बाटो पकड्दछ । यो अहिलेसम्म हामीले पाडेको बाटो हो । 

जब यी दुई विपरित वर्गका विचारहरु एउटै पार्टीमा एकले अर्काको अस्तित्व स्वीकारेरसँगै बस्नुको अर्थ हुन्छ ‘वर्ग समन्वयवाद’, चोचोमोचो, साझेदारी र भागबन्दा । यसको दार्शनिक अभिब्यक्ति हुन्छ – एकता–संघर्ष–एकता । यो एमालेले अँगालेको दर्शन हो । अहिले माके लगायतका संसदवादी कम्युनिस्टहरुले अँगाल्दै आएको दर्शन पनि यही हो । अहिले हामीले सच्याउन खोजेको यहीँँ निर हो । विपरितहरुको एकत्व पार्टीमा रहन्छ, यो निरन्तर चलिरहने प्रक्रिया हो । तर दुईलाईन संघर्ष अस्थायी हुन्छ र यो अनिबार्य हुनु पर्छ भन्ने छैन । यसले पार्टीलाई जीवन्त बनाई रहँदैन कि होडाल्छ र फुटाल्छ । किनकी दुई लाइन संघर्षको तहसम्म पुग्दा स्थिति शत्रुतापूर्ण र हिंसात्मक अवस्थामा पुगिसकेको हुन्छ । त्यसैले महाधिवेशनले दुई लाइन संघर्षलाई विपरितहरुको एकत्वबाट अलग्याइ दिएको छ । यसको अर्र्थ विपरितहरुको एकत्वलाई अलग्याएको भन्ने होइन । यसलाई निषेधको अर्थमा बुझ्नु गलत हुन्छ । यो पनि बेला बखतमा आइरहने प्रक्रिया त हो तर अन्तरसंघर्ष र दुईलाइन संघर्षलाई घालेमिले पारेर एउटै कसीमा राखेर प्रयोग गर्ने तरिकालाई सच्याएको मात्र हो । यसको दार्शनिक अभिब्यक्ति ‘एकता–संघर्ष–रुपान्तरण’ हुन्छ । कमरेड माओले भन्नु भएको सार यहीँ हो तर दुखको कुरो हामीले भन्ने ‘एकता–संघर्ष–रुपान्तरण’ तर लागु चाहि ‘एकता–संघर्ष–फुट’ अँगाल्दै आयौं । अघिल्लो पुष्टाले छुटाउन नसकेको कमजोरी यहीँँनिर हो । जो आठौं महाधिवेशनले सच्याएको छ ।

(३) तेस्रो कुरा राजनीतिक कार्यक्रममा हो ।

महाधिवेशनले नेपालको अवको राजनीतिक कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ हुन्छ भनेको छ । किनकीनेपालको बर्तमान बस्तुगत अवस्थामा धेरै भिन्नताहरु आएको छ । राज्यसत्ताको स्वरुप नै बदलिएको छ । ब्यवस्था गणतन्त्रिक संसदीय ब्यवस्था भएको छ, अन्तर बिरोधहरु बदलिएका छन् । सम्पूर्ण राज्यसत्ता दलालहरुको हातमा पुगेको छ । भारतीय हस्तक्षेप विस्तारवादको तहमा मात्र नभएर साम्राज्यवादको तहमा पुगेको छ । नेपाल अर्ध–उपनिवेशमा होइन नवउपनिवेशिक अवस्थामा आएको छ । हिजो प्रचण्डहरु आफै क्रान्ति गर्ने बिद्रोहीको रुपमा थिए भने आज क्रान्ति दवाउने र रोक्ने मुख्य पात्रमा बदलिएका छन् । यसले शुत्रु र मित्र शक्तिमा पनि फेरबडल ल्याईदिएको छ । यस बेला पुरानै राजनीतिक कार्यक्रम अवलम्वन गर्नु क्रान्ति भन्दा भ्रान्ति हुने भएकोले अवको राजनीतिक कार्यक्रम जनवादी क्रान्ति नभएर ‘वैज्ञानिक समाजवाद’ बन्न आईपुगेको छ । यो महाधिवेशनको संश्लेषण हो ।  

राजनीतिक कार्यक्रममा अहिलेसम्म हामीले बुझेको र पढेको कुरा नेपाली क्रान्तिको ‘अधिकतम कार्यक्रम समाजवाद र न्यूनतम कार्यक्रम जनवाद’ भन्ने हो । यो कुरा सत्य हो कि हिजोका ती मान्यताहरु सहि नै थिए र कतिपय अझै ठीक छन् । माक्र्सवादको सार बस्तु ‘ठोस बस्तुको ठोस बिश्लेषण’ हो । हिजो जुन मान्यताहरु बनीरहेका थिए, त्यसबेलाको ‘ठोस अवस्था’ र अहिलेको ‘ठोस अवस्था’ एउटै छैन । २००६ सालको अवस्था र २०७४ सालको अवस्था एउटै छैन । १९१७ भन्दा अगाडिको रुसको अवस्था र १९४९ पूर्बको चीनको अवस्थासँग २०७४(सन १९१८) को नेपालको अवस्था एउटै छैनन् । लेनिन र माओको पालाको साम्राज्यवाद र अहिलेको साम्राज्यवादको अवस्था र चरित्र एउटै छैन । यी कुराहरुले कतिपय मान्यताहरुलाई भत्काई दिएको छ । बस्तुगत अवस्था फेरीसकेको हुने, सिद्धान्त पुरानै हुने भयो भने माक्र्सवादको ‘ठोस स्थितिको ठोस बिश्लेषण’ हुँदैन । यहीँँनेर क्रान्तिले फेल खान्छ । यो त दूरदर्शी र सिद्धान्तबिधहरुले सहजै बुझ्ने बिषय हो । तर कतिपय राजनीतिक बिषयहरु जसले विकासको माग गरिरहेको छ । यसबेला माक्र्सवादको सिद्धान्त अंगाल्ने नाममा यसलाई विकासगर्ने कुरालाई निषेध गर्ने कुरा क्रान्तिको बन्ध्याकरण गर्नु हो । सिद्धान्तलाई जड बस्तु बनाउनु हुँदैन, जीवन्त र गतिमा बुझ्नु पर्दछ । यसको मतलब यो होइन कि सिद्धान्त नै छाड्ने वा बदल्ने । बरु यसको विकासर सिर्जनशील प्रयोग गर्नु पर्छ भनेको हो । यसलाई ‘पण्डितको मन्त्र’ जस्तै जड सूत्रको रुपमा बुझ्ने वा प्रयोग गर्नु जड्सूत्रवाद हुन्छ । यो तरिकाले कहिल्यै क्रान्ति हुँदैन । पुराना पुष्टाका अग्रजहरुले सच्याउनु पर्ने र आत्मसाथ गर्नु पर्ने यहीँँ नेर हो । 

त्यसैले नेपालको राज्य ब्यवस्थाको बदलिएको परिबेशमा राजनीतिक कार्यक्रम पनि आबश्यकता अनुरुप फेर बदल गर्नु क्रान्तिको हितमा मात्र नभएर क्रान्तिको सुनिश्चितता गर्नु पनि हो । अतः नेपालको बर्तमान सन्दर्भमा राजनीतिक न्यूनतमा कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ बिलकुल सहि र समय सापेक्ष छ । अवको सन्दर्भमा विश्वमा समाजवादी सत्ताहरु स्थापना भैसकेको र समग्र विश्वका चरित्र पुँजीवाद र दलाल पुँजीवादमा आएको र साम्राज्यवादको अवस्था उत्तर साम्रज्यवादको चरित्रमा आएको अवस्थामा साम्यवाद नै समग्र राजनीतिको अधिकतम कार्यक्रम हो र वैज्ञानिक समाजवाद न्यूनतम राजनीतिक कार्यक्रम बन्न आई पुगेको छ । किनकी जनताको चेतनालाई जनवादी कार्यक्रममा फर्काउनुको अर्थ यथास्थिति र कतिपय सवालमा पश्चागामी चेतना बन्न पुग्दछ । राजनीतिक पार्टी वा एउटा दूरदर्शी नेताले जनतालाई सधैं एक कदम अगाडिको चेतना दिदै जानु पर्दछ र अगाडिको लक्ष्यतिर उज्यालो बाटो देखाई दिई राख्नु पर्दछ । भबिष्य अन्धाकार बनाएर समाजवादलाई दूर–दराजको बिषय बनाएर साम्यवादलाई झन कहाँको हुनै नसक्ने बिषय बनाउनुको अर्थ जनतालाई अन्धाकार भबिष्य देखाउनु हो । यसले जनतालाई उत्साही र आशावादी बनाउदैन । निरास र थकित बनाउँछ र अन्ततः यसले जनतालाई पछाडि फर्काउँछ किनकीत्यो नहुने काम, दूर–दराजको अन्धाकार भबिश्यतिर जान को तयार हुन्छ ? यसले नेता, कार्यकर्ता र जनतालाई आत्मसर्मण र बिसर्जन, पलायनतातिर दो¥याउँछ । नेताले ध्यान दिने कुरा यहीँँ निर हो । उज्यालो देखाउनेलाई किल गर्ने, भुत्ते पार्ने र विरोधगर्नुको अन्तिम अर्थ ‘साम्राज्यवादको सेवा’ बन्न पुग्दछ । कम्युनिस्ट नेताको काम जनतालाई सधै आशावादी बनाई राख्ने हो । त्यसैले ‘वैज्ञानिक समाजवाद’ भन्दा पछिको राजनीतिक कार्यक्रम अबयथास्थितिवादी र पश्चागामी बन्न पुगेको बारे कम्युनिस्ट नेताहरुले निधार खुम्च्याएर समीक्षा गर्नै पर्ने भएको छ । बिना अग्रगामी बिकल्प र पश्चागामी बिकल्पको अबकुनै तुक छैन ।

(४) चौथो : सँगठनात्मक सिद्धान्तमा विकास

सामान्यतः माक्र्स–ऐगेल्सदेखि र बिशेषतः लेनिनदेखि कम्युनिस्ट सँगठन निश्चित बिधि, मान्यतामा चल्दै आएको छ । ‘लेनिनले पार्टी संचालनको सम्बन्धमा पार्टी सँगठनलाई सुदृढ र लोकप्रिय बनाउन मुख्यतः अक्टुबर क्रान्ति सम्पन्न भएपछि रुसमा चलिरहेको गृहयुद्ध, पार्टीमा देखा परेको अराजकता तेस्रो अनतराष्ट्रिय संचालनको क्रममा जनवादी केन्द्रीयताको ४ नियमहरु संश्लेषण गर्नु भयो ।’(पार्टी दस्ताबेज पेज ४४) । अहिलेसम्म कम्युनिस्ट पार्टीको सँगठन संचालन बिधिनै लेनिनको यो सँगठन सम्बन्धि ४ नियममा चलिरहेको छ । तर लामो समयसम्म जाँदा नियमहरु अपुरो हुने कुरा स्वभाबिक हो । पूँजीवादले प्रतिस्पर्धा र आबधिक बिधिहरु बनाएर आफूलाई लोकतान्त्रिक रहेको भ्रम दिदै आएको र कम्युनिस्टहरु लामो समय एउटा पदमा एउटै ब्यक्ति रहीरहँदा अधिनायकवादी आरोप लाग्दै आएको छ । यसले रुप पक्षमा कम्युनिस्टहरु अलोकतान्त्रिक जस्तो देखिईरहेको सन्दर्भमा लेनिनको जनवादी केन्द्रीयताको ४ नियममा आबधिक नियम थप्ने निर्णय महाधिवेशनले गरेको छ । यसले सँगठनमा देखा परेको जाम (अवरोध)लाई हल गर्ने ढोका खोलेको छ । यसले पार्टीमा पर्ने जामलाई हल गरेर पार्टी बिभाजनको सँगठनात्मक टगारो पनि हटाउने छ ।  

(५) सत्तामा जनवाद र अधिनायकत्वको सहि प्रयोग

सत्तामा जनवाद र अधिनायकत्वको सहि प्रयोग, बहुलवाद अन्तरगतको बहुदलीय प्रतिस्पर्धा होइन कि वैज्ञानिक समाजवाद अन्तरगत मान्यताप्राप्त दलहरुका बीच प्रतिस्पर्धालाई पनि जनवादी केन्दीयताको मान्यतामा प्रतिस्पर्धा गर्न दिने छ । जहाँ पैसा, प्रशासन, गुण्डा, नातावाद–कृपावाद, पहुँचवाद, भ्रष्टाचार, जालझेल र षड्यन्त्रको पूर्ण अन्त्य गरिने छ । खुला बाताबरणमा जनताले स्वइच्छाले स्वतन्त्रता पूर्बक बिना कुनै दवाव मत दिन पाउनेछन् । उमेदवारहरु पद, पैसा र भ्रष्टाचारका लागि होइन जनता र देशको सेवा र सुरक्षा तथा विकासका लागि प्रतिस्पर्धा गर्नेछन् । भ्रष्टाचारी सिधै फाँसी चड्ने छ । देश र जनताका बिरुद्ध आउने सिघै सुधार गृह र श्रमशिबिरमा जाने छन् । जनताका छोरा छोरीहरु पैसामा चुनाव लड्ने छैनन् बरु विकासर परिवर्तनका लागि सहज ढंगले योग्यता पुगेका जुनसुकै नेपाली नागरिक योग्यता र इच्छा गरेको पदमा प्रतिस्पर्धा गर्न पाउने छन् । चुनाव लड्न पाउने छन् । वैज्ञानिक समाजवादमा यी न्यूनतम मान्यता सुनिश्चित गरिने छ । यसलाई ‘सत्तामा जनवाद र अधिनायकत्वको सहि प्रयोग’ गरिने छ भन्ने निष्कर्ष महाधिवेशनको छ ।

(६) कम्युनिस्ट अर्थतन्त्र परिचालनबारे

अहिलेसम्म कम्युनिस्ट पार्टीको अर्थ प्रणाली र अर्थ दृष्टिकोण प्रष्ट छैन । किन नेताहरुको वर्ग अप भएर नव धनाध्यमा परिनत हुन्छन् ? किन वर्ग बिचलन हुन्छ ? भन्ने कुरा पनि खोजी नीतिको बिषय बन्दै आएको छ । यसले पनि पार्टी बिभाजन गर्नमा एउटा भूमिका खेल्दै आएको छ । जब मुख्य नेताहरुमा नै वर्ग बिचलन हुन्छ, उनीहरुप्रति जनता र कार्यकर्ताहरुको विश्वास टुट्न पुग्दछ र पार्टीमा यहीँ बिषय लाईन संघर्षमा विकासभएर पार्टी बिभाजन भएको हामीले प्रत्यक्ष बेहोर्दै आएकाछौं र पनि यसको कारण पत्ता लगाउने र निदान गर्ने तिर भन्दा पनि फुटमा रमाउने, जति पार्टी फुटे पनि ‘पार्टी विपरितहरुकोएकत्व हो, फुट स्वभाबिक हो’ भन्ने ठेगो हाम्रो जिब्रो–जिब्रोमा झुण्डेको छ । हरेक पार्टी नेताहरुले फुटको न्यूनतम निदान खोज्नेभन्दा पनि स्वभाबिक बनाउदै आएका अघिल्लो पुष्टाका अग्रजहहरुको कमजोरीलाई महाधिवेशनले सच्याउन खोजेको छ । समग्र कम्युनिस्ट आन्दोलनकै सन्दर्भमा कम्युनिस्ट अर्थप्रणालीमा स्पष्टता खोजीरहेको सन्दर्भमा महाधिवेशनले यस बारे प्रारंभिक खाका कोरेको छ । 
नीतिगत रुपले महाधिवेशनले ३ अर्थ नीति पास गरेको छ । महाधिवेशनबाट पारित दस्ताबेजमा भनिएको छ – ‘पार्टीले पार्टी, समाज र राज्यमा कस्तो आर्थिक दृष्टिकोण राख्दछ र जीवन पद्धतिमा प्रयोग गर्दछ भन्ने बिषय निकै महत्वपूर्ण छ ।’ ‘… माक्र्स, लेनिन, माओ र अन्य कम्युनिस्ट विचारकहरुले सिद्धान्त र विचारका क्षेत्रमा जति सुन्दरता प्रदान गरेका छन् त्यसको कार्यान्वयन कठिन परिरहेको छ ।’ यसको अर्थ हो जति सुन्दर विचारर सिद्धान्त छ अर्थ प्रणाली पनि त्यति नै हुनु पर्छ तर त्यो नहुँदा समाजवादले असफलताहरु बेहोर्दै आएको छ । महाधिवेशनमा पारित दस्ताबेजमा कम्युनिस्ट सत्ता र पार्टी भित्र पनि ३ अर्थ नीति बारे प्रष्ट पारिएको छ – …‘हामीले तय गर्ने त्यो अर्थ नीति जनवादी, ब्यउहाँरिक र आदर्शोन्मुख हुनुपर्छ ।’ यसलाई राज्यसत्ताबाट लागु गर्दा होस वा पार्टीमा –‘आम नागरिकका हकमा रोजगारीको सुनिश्चितता गर्दै क्षमता अनुसारको काम र काम अनुसारको दामको नीति लागु हुने छ । यो नीतिले नागकिहरुको जीवन सुखी र समृद्ध हुने छ । यो कुरा पूजीवादमा संभव छैन । उनीहरु क्षमताभन्दा बढी काम गराउँदछन्’ भने श्रम अनुसारको दाम दिदैनन् । तोकिएको न्यूनतम दाम मात्र दिन्छन् । त्यसैले ‘कम्युनिस्ट समाजमा मात्र नीजि जीवन सुखमय हुन्छ ।’ –उही पष्ठ ४६) 

यस्तै ‘कार्यकर्ताहरुको हकमा रोजगारीको अनिबार्य ब्यवस्था, क्षमता अनुसारको काम र काम अनि आबश्यकता अनुसारको दाम हुनु पर्दछ । यो नीति अनुसार कार्यकर्ताहरुले गरेको कामको आधा दाम राज्यलाई र आधा दाम आफ्नो परिवारका लागि पाउने छ । जसले गर्दा कार्यकर्ताको निजी जीवन सुखमय हुने छ र उनीहरुको योगदानले राज्यले पनि समृद्धि प्राप्त गर्ने छ । यो नीतिमा रहने कार्यकर्ताको जीवन सरल, अनुशासित र अनुकरणीय हुने छ । (पृष्ठ उही) 

यो राज्यसत्ता प्राप्त नहुँदासम्म पार्टीमा र राज्य प्राप्ती भए पछि पार्टी र समाज आम रुपमा लागु हुने नीति हो । 
तर ‘नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरुको लागि क्षमता अनुसारको काम र आबश्यकता अनुसारको दाम हुनु पर्दछ । यो नीति अनुसार नेताहरुले आफ्नो सम्पूर्ण समय राज्य र जनताका लागि लगाउनु पर्ने छ भने नेताहरुको आबश्यकता राज्य वा संस्थाले पूर्ति गर्नु पर्दछ । नेतृत्वले निजी सम्पति जम्मा गर्ने स्थिति बन्न दिनु हुँदैन । यसले नेताहरुको जीवन वैभव र बिलासीपूर्ण नभएर सरल र आदर्श हुने छ । यसले नयाँ पिँडीलाई कम्युनिस्ट आदर्शमा दो¥याउने छ ।’ (–उही पृष्ठ)

आठौं महाधिवेशनट पारित यो अर्थतन्त्र सम्बन्धी नीतिले अवको कम्युनिस्ट पार्टीको पहिचान भिन्न बनेको छ । अहिलेसम्मका कम्युनिस्ट अर्थनीति पुँजीवादहो कि समाजवाद हो, सामन्तवाद हो कि जनवादको ? छुट्याउनै नसकिने भ्रामक रहेको र नेता, कार्यकर्ताहरुको जे मन लग्यो त्यहीँ गर्ने अर्थ नीतिले नेताहरुले मनपरी गरेर अकुट सम्पति कालो धन मार्फत आर्जन गरेर सेतो धनमा बदल्न आत्मसमर्पण गरेर भए पनि बिजातीय वर्गमा जान लाज नमान्ने अहिलेसम्मको कम्युनिस्टहरुको कल्चर बनेको छ भने अर्काथरी इमान्दार नेताहरु जीवनभरी कम्युनिस्टमा लागेर आखिरमा निरास भएर जोगी–भिखारी जस्तो भएर हिड्नु पर्ने, परिवार र छरछिमेकबाट पनि नकारात्मक दृष्टिले हेर्नु पर्ने र कोही निरास भएर गीता पढन जाने कोही एक्लै झण्डा उचालेर बाँचुन्जेल घण्टा हल्लाउनेमा पुगेका छन् । यो दूर्दशाको अन्त्य गर्न पनि यो ३ नीति फलिफाप हुने छ ।

(७) सातौं र महत्वपूर्ण निर्णय कार्यदिशाबारे 

अहिलेसम्म कम्युनिस्टहरु टुक्रा–टुक्रा हुँदै आएको एउटा मुख्य कारण कार्यदिशा हो । कम्युनिस्ट पार्टी गठन भए पछि २००८ साल मै पार्टीभित्र संशोधनवादको किटाणु घुस्यो । यो १३ सालमा आएर राजावादी रुझानमा देखा प¥यो । १४ सालको दोस्रो महाधिवेशनपछि पार्टीमा संसदवादी किटाणु घुस्यो र १५ सालमा त्यो ४ शीत साँसद जित्ने गरी प्रत्यक्ष देखा प¥यो । यो संसदवादी कार्यदिशा थियो । तेस्रो महाधिवेशन२०१९ मा त ३÷४ ओटा लाइन देखा प¥यो । यो नै पार्टी बिभाजनको आधारशिला बन्न पुग्यो र तेस्रो महाधिवेशनपछि पार्टी टुक्रा–टुक्रा भयो । यस पछि २०२८ सालमा भएको झापा बिद्रोहले तुलनात्मक रुपले क्रान्तिकारी दिशा पकड्यो । तर पछि त्यो पनि संशोधनवादी  र संसदवादीहरुको हातमा पर्न गई अन्तमा संसदवादी कार्यदिशाको मूलधार बनेर एमालेमा देखा प¥यो । अर्कोतिर मोहनबिक्रमको धुलमुले सारसँग्रहवादी कार्यदिशा मशाल, मसाल, चौममा बिभाजन भए पछि तुलनात्मक रुपमा मशालले लिएको दीर्घकालिन जनयुद्धको लाइन सहि भए पनि ०४६ साल पछि बदलिएको परिबेशमा संसदको उपयोग गर्ने नीतिले केही बर्ष अल्मल्यायो । तर २०४८ को एकता महाधिबनले पास गरेको दीर्घकालिन जनयुद्धको कार्यदिशा अनुसार २०५२ सालमा जनयुद्धको थालनी भयो र दश बर्षको अन्तरालमा गएर राजनीतिक परिस्थितिमा फेरबदल आयो र १९ दिनको जनआन्दोलनमा जाने स्थिति बन्यो जसको माध्यमबाट २४० बर्षेदेखि जरा गाडेको राजतन्त्रको अन्त्य गर्ने हदसम्म १० बर्षको जनुद्धको कार्यदिशा सफल रह्यो । तर राजतन्त्रको अन्त्यपछि त्यसको साझेदारी संसदीय ब्यवस्था घोर दलाल भएर देखा प¥यो । त्यसको नेतृत्व गर्न स्वयं प्रचण्डहरु नै कम्मर कसेर लागेका छन् । 
त्यसो भएको हुनाले अबबदलिएको राजनीतिक परिबेश र स्वयं प्रचण्डहरु नै प्रतिक्रियावादी सत्ता बचाउन पुगेको अवस्थामा जनयुद्धको कार्यदिशाबाट बाँकी क्रान्तिको कार्यभार पूरा गर्न असंभव भएकोले नयाँ कार्यदिशाको खोज गर्नु पर्ने अनिबार्य भयो । यसमा क. किरणहरु तयार नभएको अवस्थामा त्यो महान र ऐतिहासिक जिम्मा क. विप्लवले सम्हाल्नु भयो । उहाँँले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशा प्रस्ताबित गर्नु भयो तर क. किरणहरुले पुरानै जनबिद्रोहलाई मुख्य बनाउदै जनयुद्धको जगमा जनबिद्रोह जस्तो अत्यन्त धुलमुले सारसँग्रहवादी संक्रमणकालीन कार्यदिशाभन्दा अगाडी बढ्न नचाहेकोले उहाँँबाट अलग भएर क. विप्लव समुहको नेकपाले २०७२ साल पौषमा दाङ तुलसीपुरमा राष्ट्रिय सम्मेलन गरी ‘एकीकृत जनक्रान्ति’को कार्यदिशा पास ग¥यो । २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले यसलाई ७ बिशेषताहरुमा ब्याख्या गरेको छ । 

ती ७ बिशेषताहरु हुन् – पहिलो नेपाल सानो, भूपरिबेष्टित र सामरिक महत्वको ठाउँमा अवस्थित छ । दोस्रो नगर समाजको विकासभएको छ । तेस्रो नेपालको समाज मिश्रित समाज छ । चौथो नयाँ श्रमिक वर्गको विकास भएको छ । पाचौं राज्यसत्ताको चरित्र दलाल पुँजीवादमा आएको छ । छैटौं नेपाली जनताको ठूलो हिस्सा देशभक्त राष्ट्रवादी रहेको छ । सातौं विज्ञान र प्रबिधिको विकास भएको छ । यी सात बिशेपाताका कारणले अवको नेपाली क्रान्तिको स्वरुप परंपरागत खालको जनयुद्ध वा जनबिद्रोह हुन नसक्ने र नयाँ नेपाली क्रान्तिको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ हुने कुरालाई प्रष्ट पारेको छ । यसरी मात्र नेपालमा क्रान्तिको सफलतालाई ग्यारेण्टी गरेको छ र यो संभव पनि छ । यो नै अहिलेको नयाँ खोजबाट संश्लेषित कार्यदिशा हो । भर्खरै सम्पन्न स्थानीय निर्बाचनको चुनावको खारेजीको क्रममा यो कार्यदिशाको सानो मोडेलमा गरिएको प्रयोग भब्य रुपमा सफल पनि भएको छ । 
त्यसैले नेपालको क्रान्तिको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ सहि, वैज्ञानिक र बस्तुवादी प्रमाणित भएको छ ।

(८) आठौं कुरा जातीय मुक्तिको सम्बन्धमा 

अहिलेसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा कम्युनिस्टहरुले हल गर्न नसकेको बिषय नेपालको जातीय समस्या हो । जातीय समस्यालाई कसैले सुन्नै नसक्ने र केवल वर्गको मात्र कुरा गर्ने कसैले जातीय समस्या नै नेपालको मुख्य समस्या हो भनेर बुझ्ने समस्या कम्युनिस्ट भित्र र बाहिर थियो र अझै छ । नेपालमा क्रान्तिको समस्या हल गर्ने हो भने यसलाई सहि ढंङ्गले हल गर्न सक्नु पर्दछ । कम्युनिस्ट आन्दोलनमा पनि जब्बर रुपले रहेको ब्राह्मणवादी चिन्तन प्रवृत्तिअहिलेसम्मको क्रान्तिको हल हुन नसकेको बिषय थियो । त्यसलाई महाधिवेशनले स्पष्ट रुपमा सैद्धान्तिक हल दिएको छ भने ब्यउहाँरिक रुपले एकीकृत जनक्रान्तिमा गएर प्रयोग गर्नु पर्दछ । जातीय मुक्तिको सवालमा पार्टीका समग्र नीतिको १३ औं बूँदामा भनिएकोछ –‘नेपाल बहुजातीय÷बहुराष्ट्रिय देश हो । लामो समयदेखि धेरै राष्ट्रहरु उत्पीडित अवस्थामा छन् । वैज्ञानिक समाजवादमा यहाँका सबै राष्ट्र र अबिकसित जातिहरुलाई राज्य संचालनमा समान अधिकार रहने छ । लोपोन्मुख जातिहरुलाई संरक्षण र बिशेष अधिकारको ब्यवस्था गरिने छ । जातीय मुक्तिलाई सुनिश्चित गर्न देशलाई वैज्ञानिक राज्य बयवस्था अन्तरगत स्वायत्त प्रदेशको संरचना निर्माण गरिने छ । कुनै पनि राष्ट्रले राज्यमा अधिकार हनन् र उत्पीडन महसुस गरेमा आत्मनिर्णयको अधिकार प्राप्त गर्न सक्ने छन् ।’ (पृक्ष्ठ ५७)

यसरी जातीय मुक्ति बारे पार्टी स्पष्ट बोलेको छ । कतिपय ब्यक्ति र संस्थाहरुले नेकपाको जातीय नीति स्पष्ट छैन भनीरहेको बेला पार्टीले आफ्नो दृष्टिकोणलाई यसरी स्पष्ट पारेको छ । दस्ताबेजमा जातीय मुक्तिको सन्दर्भमा भनिएको छ –‘माक्र्सवादी–लेनिनवादी–माओवादी दृष्टिकोणमा जातीय समस्या समाजको समाधान गर्नु पर्ने एक समस्या हो । यसलाई वर्ग सत्ताकै समस्याको रुपमा हेर्न सकिन्छ, परन्तु वर्गीय समास्याका रुपमा मात्र लिएर पुग्दैन । यसलाई राष्ट्रिय÷जातीय समस्याका रुपमा पनि लिनु पर्छ जो वर्गभन्दा फरक पनि हो ।’ (पृष्ठ उही) यस्तै यसलाई अझ स्पष्ट पार्दै अगाडि भनिएको छ –‘.. आधुनिक नेपाल बन्नु अगाडिसम्म यहाँ सा–साना राज्यहरु पुगनपुग सयको हाराहारीमा थिए । प्रायः राज्यहरु राष्ट्रमा बिकसित भैसकेका थिएनन् । तिनको चरित्र कबिलायी प्रकारको थियो । आधुनिक नेपाल बने पछि नै सापेक्षित रुपले बलियो र केन्द्रीकृत भयो । नेपाल सुदृढ नहुँदै लड्नु परेको सन् १८१६ को नेपाल–अंग्रेज युद्धले यसलाई आजको सीमानामा बाँड्यो । यति बेला नेपालभित्र मुख्य रुपले १३ ओटा राष्ट्रियता रहेका छन् र क्षेत्रीय स्तर बस्ने राष्ट्र र अल्पबिकसित जातिहरु पनि छन् ।’

यसरी बनेको ‘आधुनिक नेपालको निर्माणसँगै राज्यको चरित्र द्वैत खालको बन्यो । पहिलो सामन्त वर्गीय चरित्र र दोस्रो क्षेत्री–ब्राह्मणवादी । सत्ताको मूल चरित्र वर्गबाट मापन गरिने भएको हुँदा सत्ताको मूल चरित्र सामन्ती नै भयो । परन्तु बिशिष्ट अवस्थामा गोर्खा राज्य ब्राह्मण–क्षेत्रीको नेतृत्वमा रहेकाले जातीय चरित्र पनि स्वतः लिन पुग्यो । राजनीतिक रुपले जनतामा सामन्ती शासन कायम भयो र सामन्ती उत्पीडन चल्यो भने जातीय रुपले सत्ता र शासन क्षेत्री र ब्राह्मणको कायम हुन पुग्यो ।’ यो जातीय सवालमा महाधिवेशनले गरेको संश्लेषणको मुख्य अंश हो । यसर्थ हाम्रो पार्टी जातीय सवालमा अलमल र अस्पष्ट छैन । 

(९) नवौं सवाल हो साम्राज्यवादबारे 

साम्राज्यवादको आधारभूत चरित्र बारे पार्टीले कुनै फेरबदल गरेको छैन । तर साम्राज्यवादको बिशिष्ट चरित्रमा भने फेरबदल आएको छ भन्ने महाधिवेशनको निष्कर्र्ष छ । कतिपय नेता तथा बुज्रुकहरुले यसलाई देख्न नसक्नु बिदम्बना हो । अझ पूर्बाग्रही ढंगले हेर्नु त झन अमाक्र्सवादी चिन्तन हो । बदलिएको चरित्रलाई बुझ्न नसक्नु पिछडिएको सोच हो । माक्र्स, लेनिन र माओपछिको साम्राज्यवादको चरित्र एकै ठाउँमा छैन । साम्राज्यवादले सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक, सामरिक क्षेत्रमा गरेको विकासयो पछिल्लो विकासहो । लेनिन र माओको कालभन्दा बिकसित पछिल्लो साम्राज्यवादलाई उत्तर साम्राज्यवाद भनिएको छ । उत्तर भन्नाले साम्राज्यवादको अन्त भयो बुझाई नै अभिधूतवादी बुझाई हो । एउटाले जे बुझ्यो संसारले त्यहीँ बुझ्नु पर्छ भन्ने बुझाई पनि सही छैन । 

बस्तुको आयु वा कुनै पनि समय/अबधिलाई तीन खण्डमा बुझ्ने चलन छ । मान्छेको युवा, प्रौढ र बृद्धाबस्था भनेर भन्छन् अथवा बाल्यकालदेखि युवावस्थासम्म, बयस्क वा प्रौढावस्था परिपक्व उमेर र अन्तिम बृद्धाश्रममा जाने सन्यासी जीवन गरी तीन अवस्थामा ब्याख्या गरिन्छ । जीवन यो अन्तिम चरणलाई जीवनको उत्तरार्ध काल भन्ने चलन पनि छ । समाज विकासको क्रममा बिकसित पूँजीवादको एउटा काललाई कम्युनिस्टहरु साम्राज्यवाद भन्ने गरेका छन् । साम्राज्यवादलाई पनि उदय, मध्य र उत्तरार्ध कालमा हेर्न सकिन्छ । उनीहरु क.पूँजीवादको यो काललाई आधुनिक युग भन्ने गर्दछन् । पूँजीवादको पछिल्लो अवस्थालाई उत्तर आधुनिक युग पनि भन्दै आएको पाइन्छ । साहित्यकार वा सौन्दर्यशास्त्रीय भाषामा यसको साँस्कृतिक पक्षलाई उत्तर आधुनिकतावाद भन्ने गरेका छन् । तर राजनीतिक भाषामा साम्राज्यवादको यो बदलिएको र बिकसित पछिल्लो तथा अन्तिम चरणलाई अहिलेसम्म कसैले पनि नयाँ रुपमा चिनाउने साहस गरेका छैनन् । लेनिनले साम्राज्यवादका तीन चरण भन्नु भयो । साम्राज्यवादको अन्तिम चरणालाई मरणासन्न पुँजीवादभन्नुभएको छ । यो सहि छ । तर लेनिनले सम्राज्यवादको विकासको अनुमान गर्नु भयो तर त्यसले गर्ने विकासबारे प्रत्यक्ष अनुभव गर्न पाउनु भएन । अहिलेको साम्राज्यवादले समाजवादका ५० प्रतिशतभन्दा बढी मूल्य मान्यता र नियमहरुलाई पूँजीवादमा मिलाएर आपूmलाई टिकाएको छ र जनतालाई लोकप्रिय समाजवादको भ्रम दिईरहेको छ । 

साम्राज्यवादले पछिल्लो चरणमा दर्शनमा अध्यात्मवाद र भौतिकवादको फ्युजन गरेर द्वैतवादी दर्शनको विकासगरेको छ । सिद्धान्तमा सारसँग्रहवादी सिद्धान्त र राजनीतिमा मध्यपन्थी, सत्तामा संसदवाद, संघर्षमा समन्वयवाद, सरकारमा भागबन्दाकोको राजनीति, अर्थतन्त्रमा पनि समन्वय र साझेदारी निगम पूँजी परिचालनको नीति अख्तियार गरेको छ । सामाजिक रुपमा सामाजिक सुरक्षा लगायतका बिभिन्न सरकारी तथा गैर–सरकारी संस्था र धार्मिक संस्थाहरु मार्फत लोकप्रिय कार्यक्रमहरु लिएर वैज्ञानिक समाजवादको मर्म माथि प्रहार गरिहेको छ । यस्तो बदलिएको पछिल्लो साम्राज्यवादलाई प्रचलित भाषामा साम्राज्यवादको यो अवस्था लेनिनले भन्नु भएको मरणासन्न अवस्था अर्थात साम्राज्यवादको अन्त हुनु पूर्बको उत्तरार्ध कालको बिशिष्ट अवस्थालाई उत्तर साम्राज्य भनिएको हो । सामान्य पनि समय वा अबधिको अन्त हुनुपूर्बको बिशिष्ट अवस्थालाई उत्तर वा उत्तरार्ध भन्ने गरिन्छ । त्यसो त उत्तर आधुनिकतावाद पनि भन्न भएन । नत्र उत्तर आधुनिकतावाद भन्ने बितिकै आधुनिकता मरिसकेको भन्नु पर्ने हुन्छ । त्यो मरेको नभएर चरित्र बदलेर अर्को ठाउँमा पुगेको एउटा चरण मात्र हो । त्यसैले यसलाई मरिसकेको भनेर बुझ्नुभन्दा विकासगरेको अर्थमा बुझ्नु नै उपयुक्त र सरात्मक सोच (एयकष्तष्खभ ब्ततष्तगतभ) हो । साम्राज्यवादको यो बदलिएको अवस्थालाई बुझ्न नसक्नु पिछडिएको सोच हो र मरेको तर्क गर्नु पूर्बाग्रही तर्क हो । उत्तर साम्राज्यवाद किन भनेको भन्ने बारे यसको तथ्यहरुसहित राखिएको छ । (हेर्नुस महाधिवेशनबाट पारित दस्ताबेडे पेज नं. ६ को अन्तराष्ट्रिय परिस्थिति र पेज नं. ४० को ख) नम्बरको उत्तर–साम्राज्यवादको बिषय उपशिर्षक) यो महाधिवेशनको अर्को महत्वपूर्ण संश्लेषण हो ।

(१०) स्तालिनको उच्च मूल्याँकनबारे  कमरेड स्तालिनलाई साम्राज्यवादीहरुले ‘हत्यारा, डाँका’को रुपमा प्रस्तुत गरिरहेको बेला नेकपाको आठौं महाधिवेशनले उहाँँ सर्वहारा बर्गका महान नेता हुनुहुन्थ्यो र उहाँँ बिना शोभियत संघ र लेनिन अधुरो हुन्छ भन्ने निष्कर्ष महाधिवेशनले गरेको छ । जसरी माक्र्सवादको संश्लेषण ऐगेल्सले गर्नु भयो, त्यसरी नै सैद्धान्तिक र ब्यउहाँरिक रुपमा लेनिवादको विकासर संश्लेषण स्तालिनले गर्नु भयो । स्तालिन नै त्यो लोह पुरुष थिए जसले तत्कालिन साम्राज्यवादको सातो पुत्लो खाई दिएको थियो । संसार हल्लाउने हिटलरका नाजी सेनालाई धुलो चटाउने स्तालिन, पार्टीभित्रका अवसरवादी, संशोधनवादी र समाजवादी सत्ता हत्याउन खोज्ने गलत तत्वहरुलाई तह लगाउन सक्ने स्तालिन, विश्वमा कहीँ समाजवाद नभएको अवस्था र साम्राज्यवादी दवदवाभित्र पनि शोभियत समाजवादी सत्ता टिकाउने सर्वहारा वर्गका महान नेता स्तालिन नै थिए । पार्टीभित्र षड्यन्त्र गरी आफू र अर्का स्तालिनका विश्वासी नेता सर्गेय किराभको हत्या गरी सत्ता हत्याउन खोज्ने केन्द्रीय समितिमा बहुमत जमाएर बसेका नेताहरुलाई समेत तह लगाउने महान नेता स्तालिनलाई हत्यारा, तानाशाह भन्नेहरु माक्र्सवाद बिरोधी हुन् । त्यो बेला शोभियत संघलाई बचाउने र सर्वहारा वर्गको सत्ता ढल्न नदिने स्तालिनको महानता महान थियो । माओले भन्नु भए जस्तै महान काम गर्ने दौरानमा ‘केही अनुभव जन्य र केही अभिधूतवादी’ कमजोरीहरु हुनु स्वभाविक थियो । माओले स्तालिनको कमजोरीलाई ३० प्रतिशतमा र ७० प्रतिशत महान योगदानमा संश्लेषण गर्नु भयो । यो नै सहि हो कि स्तालिन नभएदिएको भए विश्वकै परिस कम्युन पछिको सर्वहारा वर्गको समाजवादी सत्ताले ३९ बर्ष टिक्ने थ्एिन । जव कि लेनिनले १९१७ को महान अक्टुवर क्रान्ति पछि धेरै काम गर्न पाउनु भएन । यसको ५ बर्षमै लेनिनलाई एक जना मेन्सेभिक महिलाले १९२२ मा गोली हाने पछि उहाँँ स्वास्थ्य बिग्रिदै गयो र १९२४ मा उहाँँको निधन भयो । त्यसपछिको ३२ बर्ष शोभियत समाजवादी सत्ता जोगाउने र विकासगर्ने सम्पूर्ण जिम्मेबारी स्तालिनको काँधमा आयो र उहाँँले शोभियत संघलाई समाजवादी मुलुकहरुको अर्को ध्रुवको रुपमा बिकसित गर्नु भयो । आर्थिक रुपले छोटै समयमा बेलायतलाई उछिनेर दोस्रो धनी देश बनाउनु भयो । विश्वसर्वहारा बर्गको सत्ताको रुपमा शोभियत संघलाई विश्वसामु स्थापित गर्नु भयो । उहाँँले गरेका ती सबै कार्यहरु सर्वहारा वर्गको हितमा थिए । 

लेनिनको पछिल्लो समयमा अस्पतालको बेदबाट स्तालिनको बारेमा लेखेको चिठ्ठीको आसय हेर्दा स्तालिनलाई अन्याय भएको कुरा महाधिवेशनले महसुस गरेको छ । महाधिवेशनले स्तालिनलाई महान क्रान्तिकारी नेता हुनुहुन्थ्यो र उहाँँको बारेमा अहिले रक्षा गर्ने आबश्यक छ किनकीसबै संशोधनवादीहरु स्तालिनलाई नेगेटिभ पात्रको रुपमा उभ्याउन चाहन्छन् । साम्राज्यवादले त पूरै बदनाम नै गर्न चाहान्छन् । यस बेला विश्वभरीका क्रान्तिकारीहरु स्तालिनको रक्षामा उभिनु पर्दछ । यो महाधिवेशनको निष्कर्ष हो ।

(११) महान सर्वहारा साँस्कृतिक क्रान्तिको महानता 

कमरेड माओले लेनिनको जनबिद्रोह (क्ष्लकगचभअतष्यल) भन्दा फरक ढंगले चीनमा दीर्घकालिन जनयुद्ध (एभयउभिक धबच) को कार्यदिशाबाट क्रान्ति सम्पन्न गर्नु भयो । माओले पार्टी भित्र जनबिद्रोह कि जनयुद्ध ? भन्ने बिषयमा १० ओटा ठूल–ठूला दुईलाइन संघर्ष लड्नु भयो । उहाँँ छैटौं देखि आठौं महाधिवेशनसम्म अल्पमतमा पर्दै आउनुभयो । यी भित्री संघर्षहरुमा पार्टी भित्रका दक्षिणपन्थी विचारप्रबृत्तिसँग निरन्तर संघर्ष चलाउनु भयो । पछि सत्तामा गए पछि तिनैको हाली मुहाली भयो र भ्रष्टाचार बढ्यो । क्रान्तिकारीहरु अल्पमतमा परे । त्यसपछि माओले निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भयो । पार्टी भित्र र कम्युनिस्ट राज्यसत्तामा आएको बिकृति रोक्न र पार्टी र सत्तालाई क्रान्तिकारी नेतृत्व दिई रहन (१९६६–७६ सम्म दश बर्ष) महान सर्वहारा साँंस्कृतिक क्रान्ति संचालन गर्नु भयो । अहिले जसले जे भने पनि क्रान्तिकारीहरुको नजरमा त्यो सर्वहारा साँस्कृतिक क्रान्ति महान थियो र जायज थियो । तयसलाई अहिले तोडमरोड गरेर माओले गल्ती गरेको वा त्यो अभियान सहि थिएन भन्ने कुरा उठिरहेको बेला यसको रक्षा क्रान्तिकारीहरुले गर्नु पर्दछ । यति बेला संसार भरका संशोधनवादीहरुले यसलाई नकारात्मक रुपमा उभ्याउँछन् र यसको महत्व र मर्मको हत्या गर्न चाहान्छन् । यो बेला यसको पक्षमा र रक्षा गर्ने मात्र सहि अर्थमा क्रान्तिकारी हुन सक्छ भन्ने मान्यता महाधिवेशनको छ । सर्वहारा साँस्कृतिक क्रान्ति राजनीतिक क्रान्ति थियो । यो निरन्तर क्रान्तिको सिद्धान्त थियो । बास्तवमा निरन्तर क्रान्ति आजको आबश्यकता हो । 

(१२) भारतलाई हेर्ने दृष्टिकोणबारे 

भारत हाम्रो छिमेकी मुलुक हो । सुगौली सन्धी पछि मेची महाकालीमा खुम्चिएको नेपालको भौगोलिक सीमानाको हिसावले हेर्दा  भारत भन्दा नेपाल झण्डै २२ गुणा  सानो छ भने जनसंख्याको हिसावले भारतभन्दा नेपालभन्दा करीव ४६ गुणाले सानो छ । हर हिसावले भारतभन्दा सानो नेपालमाथि भारतीय शासकहरुको गिद्धे दृष्टि अंग्रेजहरुले भारत छाडेर गए पछिदेखि निरन्तरतामा छ । अंग्रेजहरुले भारत छाडेपछि पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको पालादेखि नेपाललाई निल्ने नेहरु डक्टरिन अहिले पनि जारी छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन भए पछि कम्युनिस्ट पार्टीले भारतलाई विस्तारवाद (भ्हउबलकष्यलष्कm) भन्दै आएको छ । यो तत्कालिन नेपाल भारत बीचको सम्बन्धको दृष्टिले भनिएको थियो । त्यसबेलामा जे भनिएको थियो त्यो ठीक छ । तर अहिले भारतको पनि चरित्र बदलिएको छ । भारतलाई दक्षिण एशियामा मात्र सिमीत गरेर हेर्नु पनि अवको सन्दर्भमा साँगुरो भएको छ । भारतलाई उसको समग्र आर्थिक, राजनैतिक र सामरिक दृष्टिले हेर्न आबश्यक छ । भारत केबल आफ्नो सीमा विस्तारमा मात्र लागेको छैन उ आधुनिक भारत बनाउने र विश्वा मै प्रभाव जमाउने होडमा छ । त्यसैले भारतको चरित्र अबकेवल दक्षिण एशियामा सीमित छैन, विस्तारवादमा पनि सीमित छैन । उ अबसाम्राज्यवादको चरित्र बोकेर आएको छ । त्यसैले भारतीय साम्राज्यवाद भन्नु उपयुक्त हुन्छ भनेर महाधिवेशनले निष्कर्र्ष निकालेको छ । यसलाई विस्तारवादकै दृष्टिले हेर्ने मात्र नभई भारतप्रति नै नरम भएको तर्क पूर्बाग्रही र पिछडिएको तर्क हुन्छ । यो क्रान्ति कै बन्धयाकरण गर्ने तर्क हो । यो तर्क यो वा त्यो रुपमा प्रतिक्रियावादको सेवा हो ।

(१३) माओवादी नाम छाडेकोबारे 

महासचिव कमरेड विप्लवले २०७२ मंसीर ९ देखि १३ गतेसम्म चितवनमा बसेको पार्टी पुनरगठनको पहिलो बैठकमै नाम समेत फेर्ने र माओवादी पुच्छर हटाउने प्रस्ताव गर्नु भएको थियो । केन्द्रीय समितिको पहिलो बैठकले पार्टी नाम फेरेर नेकपा माओवादी राख्यो भने माओवादी पुच्छर अहिल्यै नहटाउने, राष्ट्रिय सम्मेलनमा छलफलमा लैजाने निर्णय ग¥यो । राष्ट्रिय सम्मेलनमा महाधिवेशनमा ब्यापक छलफल सहित आवश्यक निर्णय लिने भन्ने भए अनुसार आठौं महाधिवेशनमा नेकपाको पछाडि टंगेको उपनाम हटाउने र पार्टीको स्थापना काल कै नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राख्ने सर्बसम्मत निर्णय भएको थियो । यो बास्तवमा सहि र बस्तुवादी निर्णय थियो । 
यसका पछाडि ३÷४ कारणहरु थिए – पहिलो कारण पार्टी नाम नेकपा पछि झुण्डिने कुनै पनि उपनाम वा बिशेषणले नेकपाको एउटा सानो समुह जनाउने भएकोले, दोस्रो कारण जनयुद्धदेखि पहिलो संबिधानसभाको चुनावसम्म माओवादी पहिचान त्याग, बलिदान, देश र जनताको रक्षक, सत्य र न्यायको प्रतीकको रुपमा रहे पनि २०६५ पछि माओवादी पार्टी जनताको नजरमा चोर, डाँका, टस्कर, दलाल र भ्रष्टहरुको जमातको रुपमा बदनाम बन्न पुग्यो । तेस्रो कारण –अहिलेको ब्यापक धुबीकरणको बेला माओवादी नाम संकुचित बन्न गएको, चौथो कारण माओवादी समुह पनि बिभिन्न उपसमुहमा बिभाजित भएकोले कुन माओवादी सहि कुन गलत जनतामा भ्रम पर्न गएकोले माओवादी पुच्छर हटाउने निर्णय गरिएको थियो । यसलाई पनि माओवाद नै छाडेको अर्थ लगाई बदनाम र नकारात्मक अर्थमा मात्र अथ्याउने कुराले कतै विप्लव र विप्लव नेतृत्वको नेकपालाई हेर्ने, बुझ्ने दृष्टिकोण मै खोट छ कि भन्ने निष्कर्षमा पुग्नु पर्ने हुन्छ । बास्तवमा यो कुरा सहि हो कि पार्टी नाम पछि झुण्डिएका उपनामहरु नै एक प्रकारको बिकृति हो । पार्टी फुट र बिभाजनको समुहहरुको नकारात्मक प्रतीक हो । यी कारणहरुले पार्टी नाम पछि झुण्डिएको माओवादी उपनाम हटाएको थियो ।

 
(१४) नयाँ संस्कृतिको निर्माणबारे 

विचार, सिद्धान्त र दृष्टिकोणसँग संस्कृतिको सम्बन्ध अभिन्न छ । विचार, सिद्धान्तको ब्यउहाँरिक अभिब्यक्ति संस्कृति हो । एउटा मान्छेले कस्तो संस्कृति बोकेको छ भन्ने कुराले उसको विचारर जीवन पद्धतिको समान्य झलक दिन्छ । कुन संस्कृतिमा हुर्केको भन्ने कुरा उसको दैनिक वा हर ब्यउहाँरिक कृयाकलापहरुमा अभिब्यक्त भैरहेको हुन्छ । पुँजीवादीसंस्कृति यति ढोंगी पाखण्डी हुन्छ कि सभ्याताको नाममा असाध्य बनाउटी र तडक–भडक हुन्छ । यी सामन्ती तथा पुँजीवादीसंस्कृतिको प्रतिबिम्ब हुन् । कतिपय इमान्दार, मिजासिलो, मिलनसार, सामुहिकतामा रमाउने हुन्छन् । यी जनसंस्कृतिका प्रतिबिम्ब हुन् । यी सबै संस्कृतिका अभिब्यक्ति हुन् ।     

यहाँ अरु सैद्धान्तिक सवालहरुसँगै नेतृत्वले नयाँ संस्कृतिको निर्माणलाई पनि प्राथमिकताका साथ उठाउनु भएको छ । यो भनेको कम्युनिस्ट संस्कृतिको निर्माण हो । यहाँ कुरा कम्युनिस्टको ब्यउहाँर सामन्ती÷पूंजीपति वर्गको हुँदै आएको छ । जव कि विचारर संस्कृति अलग चीज होइनन् । कतिपयले विचारमा ठीक सँस्कृतिमा गलत भन्ने गर्दछन् । यो गलत छ । आखिर सँस्कृति विचारको प्रतिबिम्बन हो । हामीले कस्तो सँस्कृति अँगाल्छौं भन्ने कुराले हाम्रो विचारको अभिब्यक्ति गरीरहेको हुन्छ । त्यसैले कम्युनिस्टहरुले कम्युनिस्ट सँस्कृतिको विकासगर्नु पर्छ भन्नुको अर्थ विचारमा पनि कम्युनिस्ट विचारर ब्यउहाँर पनि कम्युनिस्ट संस्कृति अपनाउनु पर्दछ । यो भनेको सार र रुपको सम्मिलन हो । कम्युनिस्ट सँस्कृति बिनाको कम्युनिस्ट पार्टी केवल कम्युनिस्ट खोल आडेको कम्युनिस्टको भ्रम दिने कम्युनिस्ट पार्टी बन्दछ । अहिलेसम्म यहीँ हुँदै आएको छ । अहिलेसम्मको नेपाली कम्युनिस्ट आन्दोलनको एउटा समस्या भनेको कम्युनिस्ट पार्टीमा कम्युनिस्ट सँस्कृतिको विकासगर्नु हो । यो आवश्यकतालाई महाधिवेशनले गंभीरतापूर्बक उठाएको छ । जनताको भावना र विचारको सम्मान गर्दै सहिदहरुको सम्मान, जनताहरुको पितृ सम्मान वा कुनै योग प्राथानाका लागि पनि जनतालाई भौतिकवाद तर्फ आकर्षण गर्न केही शुरुवात गर्ने नीतिगत निर्णय गर्नु र थबाङको सहिद स्मृति भवनबाट शुरुवात गर्नुलाई यसको प्रस्थानबिन्द मान्नु पर्दछ । यो नयाँ संस्कृति निर्माणको शुरुवात हो । यसलाई देशैभरी विस्तार गर्ने पार्टी निर्णय संस्कृति क्षेत्रमा पार्टीले गरेको महत्वपूर्ण कदम हो । जनताका जनसंस्कृतिहरुको जगेर्ना र संरक्षण गर्दै आम जनतालाई कम्युनिस्ट संस्कृतितिर आकर्षित गर्ने पार्टी नीति सही छ । 

पार्टी नीतिमा संस्कृति सम्बन्धमा भनिएको छ –‘नयाँ जनवाद र वैज्ञानिक समाजवादभित्र कम्युनिस्ट सँस्कृतिको निर्माण गर्दै जनवादी संस्कृतिको विकासगरिने छ वैज्ञानिक दृष्टिकोणमा आधारित सँस्कृतिमा जोड दिइने छ साथै सबै जनसमुदायका संस्कृतिहरुको संरक्षण र विकासगर्न सहयोग गरिने छ । समाजवादभित्र रुढीवादी , उत्तर आधुनिक पुँजीवादीछाडा, फोहोरी, उपभोगवादी संस्कृतिको अन्त्य गरिने छ । बेश्याबृत्तिलाई निषेध गरिने छ ।’ (पेज ५५) यसलाई अहिले पार्टीभित्र कम्युनिस्ट कल्चरको निर्माण र विकासगर्दै विस्तारै सिङ्गो समाजलाई नै सुसभ्य संस्कृतिमा विकासगर्दै जनतालाई पनि सँगसगै लिएर जाने पार्टी नीति रहेको छ । 

(१५) नयाँ वर्ग बिश्लेषण र क्रान्तिको नयाँ स्वरुप 

सायद नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा यो पहिलो र नयाँ निर्णय हो कि समाजमा एउटा नयाँ श्रमिक वर्गको उदय भएको छ । मध्यम वर्ग भनेर चिनिने एउटा बुद्धिजीबि वर्ग हिजो माक्र्स, लेनिन र माओको पालामा पनि थिए । तर ती थोरै थिए र एउटा श्रम शक्ति कै रुप धारण गरेर आएको थिएन । सिमित रुपमा भएका ती वर्गलाई श्रमिक वर्गमा नराखेरतिनलाई निम्न पुँजीपतिबुर्जुवा वर्गको रुपमा परिभाषित गरिएको थियो । जब कि निम्न पुँजीपतिपेटी बुर्जुवा वर्ग भन्न र सुन्नमा त्यति सकारात्मक सेन्स होइन । त्यति बेला पनि निश्चित संख्यामा रहेका ती बुद्धिजीबि वर्गलाई क्रान्तिमा सहभागिता गराउने कुरा र क्रान्तिमा बुद्धिजीबिहरुको भूमिका महत्वपूर्ण रहने कुरा लेनिन, माओले प्राथमिकताका साथ उठाउनु भएको थियो तर २१ औं शताब्दीको यो जमानामा आउँदा यो वर्ग नयाँ श्रमिक वर्गमा आई पुगेको छ । 

नेपाल जस्तो देशमा पनि किसान र मजदूरले सकि नसकी श्रम गरेर आफ्ना छोरा छोरीहरु पढाए, लेखाए । पढे–लेखेपछि केही न केही काम पाउने भए, बौद्धिक श्रम गरेर मध्य वर्गीय जीवन यापन गर्ने भए । कोही बिदेश गएर केही न केही शीप सिकेर आएर केही न केही साना र मध्यम खालका उद्यम र उद्योग ब्यवसायहरु गर्ने भए । ती परंपरागत रुपले न बा आमा जस्तै कृषि पेशामा लागे न मजदूरी पेशामा नै । ती आधुनिक औजार र उपकरण तथा नयाँ स्कीम सहित ब्यवसायी बन्ने भए । ती किसान पनि भएनन्, मजदूर पनि भएनन । न ती राष्ट्रिय पुँजीपति नै भए । एकाध जना कालो धन थुपारेर राता–रात दलाल पुँजीपतिवर्गमा उक्लेकाहरु बाहेक सबै देशभक्त र क्रान्तिका समर्थक, शुभचिन्तक चरित्रमा छन् । ती प्रगतिशील चरित्र र  स्वभावका छन् । तिनले दिनभरी बौद्धिक श्रम गर्छन् र श्रम गरेर आर्जन गरेका आयबाट मध्यम स्तरीय जीवन जीउँछन् । यिनलाई निम्नपुँजीपतिवर्ग भित्र राखेर हेर्दा यिनको चरित्र अमूर्त र मिश्रित स्वभावको हुने भएकोले ‘निम्न पुँजीपतितथा पेटी बुर्जुवा वर्ग’ भन्ने पदावलीले सम्बोधन गर्दा त्यति सकारात्मक भाव नदिने भएकोले यसलाई ‘नयाँ श्रमिक’ वर्ग भन्नु उपयुक्त, न्यायिक र पाच्य पनि हुने भएकोले यो पदावली प्रयोग गरिएको छ । यो वर्गको संख्या दिनानुदिन बढ्दो अवस्थामा छ । किसान र मजदूरको संख्या विस्तारै घट्दो अवस्थामा छ । 

जहाँसम्म क्रान्तिमा यो वर्गको सहभागिताको प्रश्न छ । नेपाली क्रान्तिमा किसान र मजदूर क्रान्तिको आधारभूत शक्ति हो भने मध्यम वर्ग (नयाँ श्रमिक वर्ग) लाई पनि आधार शक्तिको रुपमा लिने निर्णय महाधिवेशनले गरेको छ । किसान र मजदूर वर्गमा यो वर्गलाई जोडेर मात्र नेपालको क्रान्ति पूर्ण गर्न सकिन्छ र यो बिना क्रान्ति अधुरो रहन्छ भन्ने निष्कर्ष महाधिवेशनको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सबै निकाय र क्षेत्रमा यो वर्गको सहभागिता छ । यसको लागि पनि क्रान्ति जरुरी छ । त्यसैले यो वर्गको पनि राज्यसत्तामा स्थान सुनिश्चित गर्नु पर्ने आबश्यकता महसुस गरी नयाँ मान्यतामा यो वर्गलाई पनि एकीकृत जनक्रान्तिको एक महत्वपूर्ण बिशेषतामा समाहित गरिएको छ । पार्टीको अवधारणा छ रुसमा मजदूर र किसान मुख्य त मजदूर क्रान्ति भयो । चीनमा किसान र मजदूर क्रान्ति मुख्यतः किसान क्रान्ति भयो । नेपालमा किसान मजदूर र नयाँ श्रमिक वर्गको क्रान्ति हुन्छ । नेपालमा एकीकृत क्रान्ति हुन्छ । यहाँ स्मरणीय के छ भने नोकरशाह पुँजीपतिवर्ग सबै दलाल पुँजीपतिवर्गमा बदलिएको छ । सामन्त वर्ग पनि दलाल पुँजीपतिवर्गमा बदलिएको छ । केही बचेखुचेका तराई क्षेत्रका जमीनदारहरु पनि दलाल पुँजीपतिवर्गमा परिनत भैसकेको अवस्था छ । त्यसैले राज्यसत्ताको चरित्र नै दलाल पुँजीवादमाबदलिएको छ । राष्ट्रिय अन्तरविरोधबदलिएको छ । यसले क्रान्तिको कार्यदिशा र स्वरुपलाई पनि बदली दिएको छ भने क्रान्तिका मित्र र शत्रु शक्तिमा पनि फेरबदल ल्याई दिएको छ ।   

(१६) केही नयाँ प्रस्थापनाहरु

कम्युनिस्ट पार्टीमा धेरै मूल्य मान्यताहरु स्खलन हुँदै बिकृतिको तहसम्म पुगेको र कतिपय मुख्य मान्यताहरु समाज विकासको क्रममा पछि परेको र त्यसलाई विकास(ग्उमबतभ) गर्नु पर्ने, केहीलाई समृद्धिकरण (ग्उनचबमभ) गर्नु पर्ने आबश्यकतालाई मध्यनजर गर्दै नयाँ पार्टी पुनरगठन पश्चात केही नयाँ प्रस्थापनाहरु अगाडि सारेको छ र केही सा–साना संस्कार र मान्यताहरु जो हेर्दा साना देखिने तर त्यहीँ कुरा बिकृत र बेतिथिमा जाँदा पार्टी कति भद्दा र बिकृतिमा देखिन पुग्दछ । यी कुराहरुलाई कम्युनिस्ट मान्यता र कतिपयलाई एकरुपतामा ढाल्ने कोशिस आठौं महाधिवेशनले गरेको छ । 

माथिका महत्वपूृर्ण सैद्धान्तिक प्रस्थापनाहरुका अतिरिक्त कम्युनिस्ट पार्टीको सँगठनात्मक संरचना र मान्यता बिकृत भद्दा र मनपरी गर्ने संसदीय संस्कृतिलाई सच्याउने प्रयास गरेको छ । कम्युनिस्ट पार्टीमा ढाई तीनसय देखि ४ हजारसम्मका केन्द्रीय समिति बनाउनु बिकृति हो । यसलाई कम्युनिस्ट पार्टीको आकार दिन नेपाल कम्युनिस्ट पार्टी सफल रहेको छ । प्रथम राष्ट्रिय सम्मेलनबाट ६५ जनाको र महाधिवेशनबाट ६१ ज्नाको केन्द्रीय समिति बनाउन पार्टी सफल रहेको छ । पार्टीभित्र लामो समयदेखि टुटेको आलोचना आत्मालोचनाको कडी जोडेको छ । सँगठनात्मक संरचनामा अध्यक्षात्मक प्रणालीमा आएको बिकृतिलाई महासचिव प्रणालीमा ल्याएर सच्याएको छ । तल खाली र साना माथि ठूल–ठूला सँगठन बनाउने सँगठानात्मक बिकृतिलाई पिरामिड आकारमा लैजाने नीति तय गरेको छ । मास पार्टी बनाउने संसदवादी सँगठनात्मक बिकृतिलाई सच्याउँदै पार्टी जनताका असल र अगुवा कार्यकर्ताहरुको अनुशासित पार्टीको रुपमा स्थापित गरेको छ । शहिदहरुलाई श्रद्धाञ्जली दिने संस्कारमा आएको बिबिधतालाई एकरुपतामा लैजान ‘सतर्क पोजिशनमा शीरको टोपी चट्ट झिकेर शीर निहुराएर’ मौणधारण गर्ने, ‘संसारका मजदूर एक होऔं’ भन्ने कम्युनिस्ट नारा अवको अवस्थामा शारीरिक श्रम बौद्धिक श्रममा शिफ्ट भएको अवस्थामा ‘मजदूर’ पदावलीको प्रयागले मात्र सबैलाई समेत्न नसक्ने भएकोले ‘संसराका श्रमिक तथा उत्पीडित जनता एक होऔं’ भन्ने नयाँ नारा तय गरिएको छ । माक्र्सवाद–लेनिनवाद–माओवाद – जिन्दावाद भन्ने नारामा मालेमाको बीचमा अनिबार्य ड्यास (–) लागाउने नीति तय गरेको छ । सँगठित सदस्यहरुले महिनाको अन्तिम शनिबार न्यूनतम एक दिन अनिबार्य श्रम गर्ने नीति तय गरेको छ । पार्टीमा ‘क्रान्तिलाई पकड र उत्पादन बढाउ’ को नीतिलाई दह्रोसँग पकड्दै क्रान्तिलाई अगाडि बढाउने नीति अख्तियार गर्दै बिभागीय कामहरुलाई सक्रिय र कामकाजी बनाउने निर्णय गरिएको छ । हरेक पार्टी सदस्यले ‘सेलदेखि केन्द्रसम्म’ का पार्टी सदस्यले अनिबार्य आधारभूत सैँन्य तालिम लिने, कार्यकर्ताहरुले स्कूलिङ बिभागले तयार पारेको तहगत कोर्षहरुको स्कूलिङ अनिबार्य लिने, पार्टी कार्यदिशा बारे अस्पष्ट रहेमा अध्ययन र छलफल जारी राख्ने, स्पष्ट नहुँदासम्म कुनै सँगठनको मुख्य जिम्मा नलिने लगायतका महत्वपूर्ण सँगठनात्मक मान्यताहरु कायम गरिएको छ । पार्टीलाई कम्युनिस्टहरुको पार्टी बनाउने, लगायतका मान्यताहरुलाई पनि कम्युनिस्ट पार्टी निर्माण र कम्युनिस्ट संस्कृतिको विकासगर्ने निर्णयहरुले अहिलेसम्म कम्युनिस्ट पार्टीमा आएको बिृति र बिसँगतिहरुलाई सच्याउने प्रयास गरेको छ । यो अहिलेसम्मको क्रान्तिकारी पार्टी निर्माणको क्रममा गरिएको नयाँ कदम हो ।

६. निष्कर्ष

समस्टिमा नेकपाको क्रान्तिकारी इतिहासमा आठौं महाधिवेशनविचार, दर्शन, राजनीति, सँगठन, संघर्ष, कार्यदिशा, नेतृत्व सबै क्षेत्रमा निरन्तरतामा क्रमभङ्गको महाधिवेशनसाबित भएको छ । आठौं महाधिवेशनलाई छाडेर हेर्दा अहिलेसम्मका  महाधिवेशनहरुमा २०४८ मा सम्पन्न छैटौं महाधिवेशनले स्पष्ट लाइन (कार्यादिशा) ल्याएको देखिन्छ –‘दीर्घकालिन जनयुद्धको कार्यदिशा’ । यसले १० बर्ष नेपाली क्रान्ति हाँक्यो । तर मुख्य नेतृत्वको बिचलन र आत्मसमर्पणको कारणले जनयुद्धले प्रतिधक्का खायो । यो असफलताको शिक्षा सहित कमरेड विप्लवले जनयुद्धको बिकस गर्दै ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामा आन्दोलनलाई पुनरगठित गर्नु भयो । ‘एकीकृत जनक्रान्ति’ जनयुद्ध र जनबिद्रोहको बिरोधी नभएर यसैको विकासहो । यसैको आलोकमा आठौं महाधिवेशनभयो । यसले सैद्धान्तिक र बैचारिक हिसावले नेपाली क्रान्तिको अवरुद्ध मार्ग खोलेको छ । यो नै आठौं महाधिवेशनको मुख्य देन हो ।
इतिहासमा पछि परेकाहरुले यसलाई पुरानो देटस्पायर भएको कसी लगाएर हेर्ने र ब्यख्या गर्ने प्रयास गरेका छन् । त्यो पुरानो कसीले नयाँ बस्तुलाई पहिचान गर्न सक्तैन । किनकीनयाँ बस्तुलाई हेर्ने जाँच्ने नयाँ नै कसी वा मापनबिधि चहिन्छ । माक्र्सवादको विकासलाई माक्र्सवादको संशोधन वा बिसर्जनमा हेर्ने दृष्टिकोण नै खिया लागेको पुरानो दृष्टिकोण हो जो बदलिएको बस्तुलाई सहि ढंगले बुझ्न सक्दैन । आफूले बिकल्प पनि दिन नसक्ने, दिनेको पनि विरोधगर्ने । कोही अगाडि बढेको देख्न पनि नसक्ने, बिरोधको नाममा बिरोधको कुनै तुक छैन । ‘अगाडि जाँदा पनि मरिन्छ र पछाडि हट्दा पनि मरिन्छ भने अगाडि बढेरै मर्नु बेश’ भन्ने क्रान्तिकारी उक्तिका विपरितलुरुक्क पछाडि फर्केर आत्मसमर्पण गर्ने प्रवृत्तिक्रान्ति बेची खाने क्रान्ति बिरोधी कायर प्रवृत्तिहो । मर्नेडरले आत्मसमर्पण गर्नेहरुलाई साम्राज्यवादले छुट दिएको इतिहास छैन । न सद्दाम हुसेन नै बचे न प्रचण्डलाई नै बचाउँछन् । बरु उत्तर कोरियाले जे साहस गरेको छ त्यो सहि छ । मृत्युलाई जितेर अगाडि बढ्नेले मात्र संसार जित्न सक्छ । कमरेड विप्लवले त्यो महान आँट गर्नु भएको छ । यो आँट र साहासलाई सम्मान र कदर, सहयोग र समर्थन गर्नु नै कम्युनिस्ट नैतिकता हो । यो असली क्रान्तिकारीहरुको कर्तव्य(म्गतथ) पनि हो । यसको विरोधअन्ततः क्रान्ति बिरोधी चरित्र हो । असली कम्युनिस्टहरु बीच गम्भीर छलफल गरौं । आठौं महाधिवेशन जिन्दावाद !

 

२०७४ असोज २१ गते विहान ८ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :