माओवादी केन्द्रका मन्त्री चट् / सरकार धल्ने

काठमाडौंः गत मंगलबार भएको एमाले–माके–नयाँ शक्तिबीचको गठबन्धनपछि देउवा–दाहाल गठबन्धन सरकार धरापमा परेको छ । प्रम देउवाले बुधबार कांग्रेस निकट वरिष्ठ कानुन विद्हरुसँग सरकारको भविष्य र भावि कदमबारे परामर्श गरेका छन् । बिहीबार देउवाले राप्रपा (नेपाल), राप्रपा (प्रजातन्त्र) राजपा, फोरमलगायतका नेताहरूसँग सरकार पुनरगठन र वृहद लोकतान्त्रिक मोर्चा गठनलगायतका विषमा छलफल गरेका छन् । स्रोतका अनुसार देउवाले छिट्टै माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरी सरकार पुनरगठन गर्ने निष्कर्षमा पुगेका छन् भने पार्टी भित्रबाट माकेका मन्त्रीहरु हटाउन देउवालाई दबाब पनि बढिरहेको छ । सरकार ढल्ने भएपछि एमाले–माके गठबन्धनमा नयाँ सरकार गठनका विषयमा बहस शुरू भएको छ । यो घटनासँगै सरकारको पुरक बजेट ल्याउने योजना पनि तुहिएको छ ।

२०७४ असोज २० गते विहान ८ :०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :