एमाले–माके–नयाँ शक्ति बीचको गठबन्धन दक्षिणपंथी प्रतिकृयावादी गठबन्धनको गठजोड हो : किरण

काठमाडौंः नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले मंगलबार बनेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको गठबन्धन दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनेको बताउनु भएको छ ।

अध्यक्ष मोहन वैद्य ‘किरण’ले बुधबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताउनु भएको हो । उहाँले गठबन्धन कम्युनिस्टहरुको एकता नभएर क्रान्तिकारी विचारबाट पतन भएका दक्षिणपंथी प्रतिक्रियावादीहरुको वामपंथी विरुद्धको गठबन्धन भएकाले यसको भण्डाफोर गर्नुपर्ने बताउनु भएको छ । अध्यक्ष किरणले जारी गर्नुभएकोे विज्ञप्तिमा भनिएको छ – ‘यसबाट सच्चा देशभक्त र प्रगतिशीलका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताका पक्षमा ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको छ ।’

२०७४ असोज १९ गते अपरान्ह ४ :०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :