डा.के.सी घोषित मिति भन्दा ११ दिन अगाडि नै अनसनमा

काठमाण्डौ ,सरकारले सदनभित्र र बाहिरका विचौलियाको प्रभावमा पारेर दशंैको आडमा षडयन्त्रपुर्ण तरिकाले पुर्व सहमती विपरित चिकित्सा शिक्षा विधेयक सदनको कार्यसुचिमा प्रवेश गराएपछि डा.गोविन्द के.सी १२ औं पटक अनसनमा बसेका छन् । उनले असोज २१ गते आमरण अनसन बस्ने घोषणा गरेका थिए ।
रञ्जुकुमारी झा , राजेन्द्र पाण्डे,धनीराम पौडेललगायतका विचौलियाहरुले डा.के.सिको सुझाव र माथेमा प्रतिवेदन लत्याएर जसरी पनि विधेक परित गर्न लागेको स्रोतको दाबि छ ।
भानुभक्त ढकाल,शक्ति बस्नेत,जनार्दन शर्मालगायतका सांसदहरुले चिकित्सा शिक्षा पारित नभएसम्म सदनमा अन्य विधेयक पारित गर्ने नदिने चलखेलमा छन् । एमाले,माकेलगायतका संसदहरुको लागनीमा ६ वटा मेडिकल कलेज सम्बन्धनको पर्खाइमा काठमाण्डौमा छन् । तर के.सि काठमाण्डौमा १० बर्ष सम्बन्धन दिन नहुने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :