देवनारायण साहसहित ११ रिहा

धनुषा÷रातोखबर सम्वाददाता ः चुनाव खारेजी अभियानको क्रममा केही दिन अघि धनुषाबाट पक्राउ गरिएका नेकपाका केन्द्रिय सदस्य देवनारायण साहसहित ११ राजबन्दी आइतबार अपरान्ह जनकपुरबाट रिहा भएका छन् । रिहा हुनेमा राजु कार्की लक्ष्मण पौडेल, पवन महत्तो, प्रमोद गिरी ,आदम कवारी,गौरी मण्डल र रामकुमार श्रेष्ठ रहेका छन् ।
साधारण तारेखमा छाडिएका उनीहरुलाई नेकपा,जनकपुर ब्युरोले अभिनन्दनसमेत गरेको छ ।
जनकपुर ब्युरो इन्चार्ज तथा पार्टीका बरिष्ठ केन्द्रिय सदस्य सन्देश पौडेल ,रामलखन महतो, मिथिला चौहानलगायत नेताहरुले एक कार्यक्रमबिच उनीहरुलाई अभिन्दन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :