दुर्घटनापछि लाइसेन्स बनाउदै चालक

विदुर । भदौ २४ गते सात जनाको ज्यान लिने गरी भएको बस दुर्घटनामा सम्लग्न बसका चालक अझै पनि फरार रहेका छन् । शिवपुरी गाउँपालिकाको गुरुङ्गगाउँमा भएको बस दुर्घटनामा परेको बसका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।

दुर्घटना भएको दुई हप्ता वित्दा पनि चालक प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसधनी प्रहरीको सम्पर्कमा रहेपनि चालक अहिलेसम्म नआएको प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्ठले जानकारी दिनुभयो ।

तर, चालकसंग सवारी चलाउने अनुमती पत्र नभएकोले प्रहरी सम्पर्कमा नआएको बुझिएको छ । सामान्य सवारी साधन मात्रै चलाउने लाइसेन्स भएको व्यक्तिले ठुलो बस चलाएको र सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ । ति चालक दुर्घटना भन्दा पहिलाको मितिमा लाइसेन्स बनाउनका लागि यातायात व्यवस्था विभागमा डुलिरहेको समाचारश्रोतले जानकारी दिएको छ ।

चालकको थिए भन्ने विवरण पनि प्रष्टसंग बिबरण बाहिर आएको छैन । तामाङ थरका एक जना चालकको नाम प्रहरीलाई दुर्घटना भएको दिन टिपाइएको थियो । काठमाडौंका विभिन्न चार अस्पतालमा ३५ जना घाइतेको उपचार हुँदा पनि उक्त बसको चालकको कतै पनि उपचार भएको पाइएको छैन ।

समाचार श्रोतले दिएको जानकारी अनुसार ति चालक यातायात ब्यवस्था विभागमा भेटिने गरेका छन् । उनी आफ्नो पुरानो लाइसेन्समा ठुलो बस पनि चलाउने अनुमती रहेको विवरण थप गराउन लागि परेका हुन् । यो विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोट अनभिज्ञ देखिएको छ । सात जनाको ज्यान गएकोले चालक डराएर सम्पर्कमा नआएको भन्ने बुझेको र जसरी पनि उसलाई खोजेर ल्याउने प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टले बताउनुभएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले पनि आफुलाई कुनै जानकारी नरहेको बताउनुभएको छ । उहाँले चालक उपचारमा रहेको भन्ने विवरण आफुलाई रहेको र दुर्घटना भएको १५ दिनसम्म पनि किन प्रहरी नियन्त्रणमा आएन भन्ने विषयमा छानविन गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :