नेकपाद्वारा भ्रष्ट ठेकेदारलाई कार्बाही

जानकी दहित / दाङ :  
 चार वर्ष वित्तिसक्दा पनि सडक निर्माण नगर्ने ठेकेदारलाई कम्युनिस्ट पार्टी दाङले आज (बिहीबार) जनकार्बाही गरेको छ । घोराही कटुवाखोलादेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएको कान्सुराम निर्माण सेवा कम्पनिका स्थानीय ठेकेदार पदम शर्मालाई घोराही जनपरिषदले आज जनकार्बाही गरेको हो । बाटो निर्माण कार्य सम्पन्न नहुँदा घोराही बासिन्दा तथा यात्रुहरु लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापाक जनगुनासो आएपछि उक्त बाटोको जिम्मा लिएको ठेकेदारलाई कालोमोसो दलेको नेकपा दाङले जनाएको छ ।
सडक निर्माण कार्य छिटो सम्पन्न नहुँदा आम नागरिकको स्वास्थ्यमासमेत असर गर्ने गरि धुलो धुवा उड्ने र बजारको मुहार नै कुरुप देखिएकाले सम्बन्धीत सरोकारवालालाई लापरबाही नगर्न चेतावनीसमेत दिइएको छ । सडक निर्माण ढिलाई हुनु सडक डिभिजन र घोराही नगरपालिकाको समेत लापारबाही भएको ठहर गर्दै यथार्शिघ सम्बन्धीत सरोकारवाला सबैलाई सचेत बन्न र निर्माण कार्य छिटो सम्पन्न गर्न दबाब स्वरुप उक्त कदम चालिएको जनपरिषदद्वारा जारी गरिएको पर्चामा उल्लेख छ ।

२०७४ असोज ५ गते बेलुका १० : ४०  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :