खुला सीमानालाई यथावतदिए वैज्ञानिक नहुने : कञ्चन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अन्तर्राष्ट्रिय विभाग इञ्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नेपाल र भारतको बीचमा निर्वाध खुला सिमानालाई यथावत दिने कुरा वैज्ञानिक तथा व्यावहारिक हुन नसक्ने बताउनु भएको छ । ‘नेपाल–भारत सीमा समस्या र डुबान’ बिषयक अन्तरक्रिया कार्यक्रममा कञ्चनले उक्त भनाई व्यक्त गर्नु भएको हो । उहाँले बेलायती साम्राज्यले भारतमाथि जे जसरी औपनिवेशिक शासन लागु गरेको थियो । भारत आफू स्वतन्त्र भइसकेपछि नेपाललाई हेर्ने दृष्टिकोण नवऔपनिवेशिक हुनु नै दुई देशबीच सुमधुर सम्बन्धको विकासमा बाधक देखेको बताउनु भयो । इञ्चार्ज कञ्चनले सिमानामा आवतजावत गर्नको लागि नेपाली तथा भारतीय दुवै देशका नागरिकहरुका लागि अनिवार्य रुपमा पहिलो चरणमा तत्काल प्रवेशाज्ञा र दोस्रो चरणमा राहदानीको व्यवस्था गर्नुका साथै परस्परमा श्रम अनुमतिको व्यवस्थासमेत लागू गर्नुपर्ने पनि बताउनु भएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद ‘असारे काका’, स्थायी समिति सदस्य सन्तोस बुढामगर ‘विषम’लगायतले मन्तव्य राख्नु भएको थियो ।

२०७४ असोज ४ गते साँझ ६ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :