वर्गीय मुक्ति नभएसम्म जातीय मुक्ति असम्भव : धमेन्द्र बास्तोला ‘कञ्चन’, नेकपा

 

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धमेन्द्र बास्तोला ‘कञ्चन’ले कुनै पनि देशभित्र कुनै पनि जातजातीहरु उत्पीडनमा छन् भने त्यो देश मुक्त भएको नमानिने बताउनु भएको छ । वर्गीय मुक्ति  नभएसम्म जातीय समस्याको समाधान सम्भव नहुने भन्दै नेता कञ्चनले विद्यमान राज्यसत्ताले नै वर्गीय उत्पीडन थोपरेको बताउनु भयो । ‘जातीय  मुक्ति र बैज्ञानिक समाजवाद’ विषयक काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजीत एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेकपाका अर्का स्थायी समिति सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगर ‘विषम’को विशेष उपस्थिति रहेको उक्त कार्यक्रम मगर मुक्ति मोर्चाले आयोजना गरेको थियो । मगर मुक्ति मोर्चाका अध्यक्ष गमबहादुर श्रीस मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मोर्चाका केन्द्रीय महासचिव इन्द्र घर्तिमगरले गर्नुभएको हो ।

२०७४ असोज ४ गते मध्यान्न १ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :