सोलुखुम्बुु मञ्चमा तामाङ

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति अन्तर्गत सोलुखुम्बु–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको चौथो जिल्ला भेलाले फुर्वा तामाङको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंस्थित बागबाजारमा उक्त भेला भएको हो । कार्यसमितिका सदस्यहरुमा उपाध्यक्ष राजन राई, जितेन राई, सचिव सरस्वती कार्की, सहसचिव जीवन राई, कोषाध्यक्ष दिनेश राई, सदस्यहरु खिलराज राई, दोर्जे वम्जन, धन राई, कुमार खड्का, सरद राई रहेका छन् । कार्यक्रमको प्रमुुख अतिथि सोलुखुम्बु सेक्रेटरी महन राईको उपस्थिति थियो भने अतिथिहरुमा सम्पर्क मञ्चको केन्द्रीय महासचिव हिरा शाही,हरि श्रेष्ठ, केदार थापा, राजु कार्कीको पनि उपस्थिति रहेको थियो ।

२०७४ असोज ४ गते मध्यान्न १२ ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :