मतपेटिका बोकेको सवारी साधनमा विष्फोट / सैनिक हवाईद्वारा गस्ती

 

फाइल : तस्विर

काठमाडौं : सर्लाहीको हरिऔन नगरपालिका बिलन्दी प्रा.वि.मा रहेको मतदान केन्द्रको मतपेटिका बोकेको सवारी साधनमै बम विष्फोट भएको छ । बिलन्दी प्रा.वि.को मतदान केन्द्रबाट मतपेटिका बोकेर नगरपालिकाको कार्यालयतर्फ जादै गरेको सवारी साधनमा उक्त विष्फोट भएको हो । विष्फोटको कारण सवारी साधन क्षति ग्र्रस्त भएको छ । विष्फोटपछि प्रहरीले निकै बेर फायरिङ गरेको थियो भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको थियो । सोमबार साँझ भएको उक्त बम विष्फोटपछि नेपाली सेनाको हवाई गस्ती समेत गरेको थियो । केही व्यक्ति घाइते भएको बताइए पनि अन्य मानविय क्षति भएको छैन । बम विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।

२०७४ असोज ३ गते ६ : ३५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :